दार्जीलिङ, 26 अगस्तः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले हिजो विभिन्न कार्यक्रमको आयोजन गरी बलिदान दिवस पालन गऱ्यो।
हिजो नारी मोर्चा खरसाङ महकुमा समितिले खरसाङको पैह्रोग्रस्त क्षेत्र र रोहिणीस्थित वृद्धाश्रमको वरिपरि वृक्ष रोपन कार्यक्रम आयोजन गऱ्यो।
यस अवसरमा नारी मोर्चा केन्द्रिय समिति अध्यक्ष उर्मिला रुम्बा, केन्द्रिय समिति सदस्य शशि डोमा राई, खरसाङ महकुमा समितिकी प्रमुख संयोजिका शान्ति राई, खरसाङ नगरपालिकी पूर्व नगरपार्षदिका शोभा छेत्री, सुकना-पानीघट्टा समष्टिकी पूर्व सभासद् चम्पा विभारलगायत अन्य उपस्थित थिए।
यसैगरी विमलपन्थी मोर्चाको दिल्ली शाखाले पनि हिजो दिल्लीमा बलिदान दिवस पालन गऱ्यो।
यस कार्यक्रमलाई सम्बोधन गर्दै दिल्ली शाखाका प्रतिनिधि आकाश रामुदामुले 25 अगस्तका दिन गोर्खाहरूका लागि गौरवमय दिन रहेको बताए।
यसअवसरमा उनीबाहेक निमा लामा, सोनाम लामा, सुकबहादुर विश्वकर्मा, निशा लामा, लिला सिङ, दुर्गा तामाङ, आरती प्रधान, जुनी थापा पनि उपस्थित थिए।
अर्कोतिर, चेन्नई र कर्नाटक बेङ्ग्लुरु शाखाद्वारा पनि हिजो बलिदान दिवस पालन गरेको जानकारी पाइएको छ।
बेङ्ग्लुरु शाखाले पालन गरेको बलिदान दिवस कार्यक्रममा दीपक थापा, किस्मत दाहाल, लक्ष्मी घिसिङ, मन कुमार सुब्बा, बिपेन छेत्री, आकाश लामा, रमेश राई, सन्दीप छेत्री, सलिम सुब्बा र प्रदीप गुरुङ र एलेक्स लेप्चालगायत अन्य उपस्थित रहेको बताइएको छ।