मोर्चाबाट राजीनामा दिएका कुरा अनित थापाद्वारा स्वीकार

0
1069
(फाइल फोटो।)

दार्जिलिङ, २६ अगस्तः पछिल्ला १६ जुलाईकै दिन गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा)-बाट राजीनामा दिएका कुरा गोजमुमो कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन पी. खनालले खुलासा गरेपछि राजीनामा दिइसकेका कुरालाई अनित थापाले स्वीकार गरेका छन्।

आज यस विषयमा पत्रकारहरूले थापालाई प्रश्न गर्दा उनले राजीनामा दिएका कुरा स्वीकार गरेका हुन्।

“मैले पार्टी खोल्न अघि मैले पुरानो पार्टी छाड़्नुपर्छ”, उनले थपे, “गोजमुमो विषय न्यायालयमा मुद्दा विचाराधीन रहेकाले मैले राजीनामा पत्र पनि न्यायालयमै बुझाएको हुँ।”

उनले मोर्चा छाड़ेको जुन राजीनामा-पत्रमा सार्वजनिक भएको छ, त्यसमा मिति १६ जुलाई उल्लेख गरिएको छ।

अर्थात् १६ जुलाईकै दिन खरसाङमा केन्द्रीय समितिको बैठक बसी उनलाई पार्टीका कार्यवाहक अध्यक्ष चयन गरिएको थियो।

यसको अर्थ पार्टीका कार्यवाहक अध्यक्ष चयन भएपछि अनित थापाले राजीनामा दिएका हुन् भने राजीनामालाई के कारण अहिलेसम्म लुकाइयो? अथवा कार्यवाहक अध्यक्ष चयन हुनअघि नै उनले राजीनामा दिएका थिए भने के कारण पार्टीबाट राजीनामा दिइसकेका व्यक्तिलाई कार्यवाहक अध्यक्ष सर्वसम्मतिले चयन गऱ्यो? प्रश्न चुलिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here