दार्जिलिङ, २६ अगस्तः प्रभा छेत्री फेरि अनित समूहमै फर्केकी छन्।
तीनधारे-महानदी समष्टिकी पूर्व सभासद्समेत रहेकी उनी २०१७ –को आन्दोलनपछि विनयपन्थी मोर्चामा सामेल भएकी थिइन्।
त्यसपछि केही महिना निष्क्रिय बसिन्। २०२० –को अक्टोबर महिनामा विमल गुरुङ दार्जिलिङ फर्किने भएपछि प्रभा छेत्री विनयपन्थी मोर्चा छाड़ेर विमलपन्थी मोर्चामा सामेल भएकी थिइन्।
आज गोजमुमो छाड़ेर उनी फेरि अनित थापा समूहमै फर्केकी हुन्।
प्रभा छेत्रीले आफूहरूको समूहलाई समर्थन गरेपछि अनित थापाले भनेका छन्, ‘हामी पहिला पनि सँगै थियौँ। केही कारणवश केही समयका लागि हामी अलग भयौँ। आज दिदीको घर वापसी भएको छ। हाम्रो नयाँ समीकरणमा उनलाई स्वागत गर्दछु।‘
ताक परे तिवारी, नत्र गोतामे