गोरामुमोको केन्द्रीय कार्यालयमा अज्ञात व्यक्तिद्वारा आक्रमण

0
1000

दार्जिलिङ, २६ सेप्टेम्बरः शनिबार राति दार्जीलिङस्थित गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यालयमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको घटना प्रकाशमा आएको छ।

जुन समय अज्ञात व्यक्तिले गोरामुमोको केन्द्रीय कार्यालयमा आक्रमण गरेको समय पार्टी अध्यक्ष मन घिसिङ कार्यालयमै रहेको केन्द्रीय कार्यालय प्रवक्ता वाई लामाले जानकारी गराएका छन्।

उनका अनुसार हिजो मध्य राति १२ देखि १ बजेबिच एकजना अज्ञात व्यक्ति आएर पार्टी कार्यालयको ताला तोड़ेर भित्र प्रवेश गरेका थिए। त्यस समय ती व्यक्तिले हल्ला पनि गरिरहेका थिए भन्ने लामाले जनाएका छन्।

पार्टी अध्यक्ष मन घिसिङ त्यसै कार्यालयको माथिल्लो तलामा बस्छन् अनि ती युवकले त्यस तलाको ताला पनि तोड़्ने प्रयास गरेका थिए। तर, त्यसै समय पार्टी कार्यालयको ठीक माथि अवस्थित ग्यारेजबाट केही व्यक्तिले टर्च लाइट लगाउँदै होहल्ला गर्दा ती अज्ञात युवक त्यहाँबाट भागेको पनि वाई लामाले जानकारी गराएका छन्।

पार्टी अध्यक्ष मन घिसिङमाथि आक्रमण गर्ने उद्देश्यले नै ती युवक त्यहाँ आएको लामाको आशङ्का छ। उनका अनुसार त्यस समय पार्टी कार्यालयका केही पर एउटा कारभित्र केही व्यक्ति पनि बसिरहेका थिए।

यस घटनाबारे पार्टीले दार्जीलिङ सदर थानामा एक प्राथमिकी दर्ता गरेको छ भने घटनामाथि गम्भीर जाँच गरी दोषीहरूलाई उचित सजाय दिने माग गरिएको छ।

लामाले भने, “पार्टी कार्यालयको माथिल्लो तलामा पार्टी अध्यक्ष मन घिसिङ बस्छन्, यसैले उनीमाथि नै आक्रमण गर्ने उद्देश्यले यहाँ ती व्यक्ति आएका थिए भन्ने हामीलाई शङ्का लागेको छ। यो एउटा गम्भीर चिन्ताको विषय बनेको छ। यसैले यस विषयमाथि पुलिस प्रशासनले उचित ध्यान दिनुपर्छ।“

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here