पूर्व सैनिकको घरमा प्रशासनले चलायो जेसीबी

0
1254
प्रशासनद्वारा भत्काइएको पूर्व सैनिक बाबु थापाको घर।

सिलगढ़ी, 26 नोभेम्बरः प्रशासनले मङ्गलवार बिहान एक भूतपूर्व सैनिक बाबु थापाको घरमा जेसीबी चलाएर ध्वस्त पारेको छ। सिलगढ़ी महकुमा अधिकारीको निर्देशमा यी भूतपूर्व सैनिकको घर आज भत्काइएको हो।

प्रशासनले बताएअनुसार थापाले जुन प्लट नम्बर 534-मा घर बनाएका थिए, त्यो जमिन राष्ट्रिय राजमार्ग पीडब्ल्यूडीको हो।

यसअवसरमा नक्सलबारी खण्ड विकास अधिकारी बापी धर र पुलिस बल उपस्थित थिए। बीडीओ धरका अनुसार दस्तावेजका अनुसार उक्त जमिन  पीडब्ल्यूडीको हो।

यसभन्दा अघि  पछिल्लो 27 जूनको दिन थापाको घर छेवैमा रहेको तृणमूल कङ्ग्रेस नेता आशिष डेको घर प्रशासनले भत्काएको थियो। 2.5 ऐकड़ सरकारी जमिन दखल गरेर तृणमूल नेता डेले अवैध रूपमा घर बनाएको भन्दै प्रशासनले उनको घर भत्काएको थियो।

जानकारीका अनुसार प्रशासनले त्यसैबेला यी भूतपूर्व सैनिक बाबु थापाको घर भत्काउन खोजेको थियो। तर थापाले घरभित्रका सरसमान सार्नका लागि केही महिनाको समय मागेपछि प्रशासन त्यहाँबाट फर्केको थियो भने आज आएर बाबु थापाको घर भत्काएको हो।

आफ्नै आँखाका अघि प्रशासनले जेसीबी लगाएर  घर भत्काइरहँदा थापा दम्पति रोइरहेका थिए। जीवनभरि कमाएर  अर्जेको घरलाई नभत्काइदिने थापा दम्पतिले त्यहाँ उपस्थित बीडीओ बापी धरलगायत अन्य प्रशासनिक अधिकारीहरूलाई आग्रहसमेत गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here