फुटबल लिजेन्ड डिएगो म्याराडोनाको निधन

0
1756

ब्युनसआयर्स, 25 नोभेम्बरः फुटबल लिजेन्ड डिएगो म्याराडोना अब सशरीर रहेनन्। बुधबार हृदयघातका कारण उनको 60 वर्षको उमेरको निधन भयो।

न्युज एजेन्सी रायटर्ससमेत अन्यले उनको निधन हृदयघातका कारण निधन भएको बताएका छन्।

जानकारीका अनुसार पछिल्ला केही दिनयता उनी अस्वास्थ्य थिए। विश्व फुटबलकै सर्वाकालिक महान् फुटबलरमध्ये एक म्याराडोना डिप्रेशनको पनि शिकार बनेका थिए भने केही दुई साता अघि मात्र ब्रेनमा क्लटका कारण सर्जरी गरिएको थियो।

उनको निधनले विश्व फुटबल नै स्तब्ध बनेको छ। किम्बदन्ती फुटबलर पेलेले म्याराडोनाको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

उनले म्याराडोनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेका थिए, “एक दिन आसमानमा कतै म्याराडोनासँग फुटबल खेल्नेछु।”

1986 मा विश्वकप विजेता अर्जेन्टिनाका कप्तान रहेका म्याराडोनाको फुटबल करिअर उत्कृष्ट रहेको छ। यस विश्वकपमा उनले प्रदर्शन उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै उच्च प्रदर्शनका कारण अर्जेन्टिनाले विश्वकप जितेको थियो। खेलाड़ीदेखि कोच रहँदासम्मै उनी चर्चित रहे।

1976 मा अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेका उनी 1994 सम्म अर्जेन्टिनाको राष्ट्रिय टिमबाट खेले। यसअवधि उनले 91 म्याच खेल्दै 34 गोल गरे।

म्याराडोनाले 1997 मा प्रोफेशनल फुटबलबाट संन्यास लिएका थिए। त्यसबेला उनी 37 वर्षका थिए।

1982, 1986, 1990 र 1994 गरी चारपटक विश्वकप खेलेका म्याराडोना 2008 देखि 2010 सम्म अर्जेन्टिनाका कोच पनि रहेका थिए। तर विश्वकपमा टिमको खराब प्रदर्शनपछि उनले कोच पद छोड़ेका थिए।

फिफा प्लेयर अव् द सेन्चुरीको पुरस्कारका लागि इन्टरनेट भोटिङमा उनी शीर्षमा स्थानमा रहेका थिए।

अर्कोतिर, 30 अक्टोबर 1960 मा जन्मेका म्याराडोनाले 1986-को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध अत्यन्त दर्शनीय गोल गरेका थिए। यो गोललाई बिसौँ शताब्दीकै सर्वश्रेष्ठ गोल छनौट भएको थियो।

यसैबीच डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीनदिनको राष्ट्रिय शोकको घोषणा गरेको छ।

समाचार र फोटोः विभिन्न न्युज एजेन्सीको सहयोगमा

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here