माध्यमिक र उच्च माध्यमिकको पाठ्यक्रममा कटौती

0
1019

कोलकाता, 26 नोभेम्बरः कोरोना महामारीलाई ध्यानमा राखेर पश्चिम बङ्गाल सरकारले माध्यमिक र उच्च माध्यमिकको पाठ्यक्रममा कटौती गर्ने निर्णय गरेको छ।

सरकारले आउँदो वर्ष अर्थात् 2021 मा हुने माध्यमिक र उच्च माध्यमिकको बोर्ड परीक्षाका लागि पाठ्यक्रममा कटौती गर्ने निर्णय गरेको हो।

सरकारले पाठ्यक्रममा कटौतीसम्बन्धी सुझाउ दिनका लागि एक विशेषज्ञ समिति गठन गरेको थियो। त्यसै समितिको सिफारिसलाई सरकारले स्वीकृति दिएको राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीले जानकारी गराएका छन्।

“सरकारले माध्यमिक र उच्च माध्यमिक कक्षाहरूको पाठ्यक्रमको बोझ कम्ति गर्ने समितिको सिफारिसलाई स्वीकार गरेको छ” शिक्षा मन्त्री च्याटर्जीले भने।

अर्कोतिर, मिडिया रिपोर्टका अनुसार विशेषज्ञ समितिका एक अधिकारीले जानकारी गराएअनुसार माध्यमिक र उच्च माध्यमिक कक्षाहरूरको पाठ्यक्रममा 30-35 प्रतिशत कटौती गर्न सक्छ।

यसैबीच, उनले अहिले नै राज्यका शैक्षिक संस्थानहरू खोलिने कुनै सम्भावना नरहेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here