पर्जा-पट्टालगायत अन्य मुद्दाहरूमाथि विनयपन्थी मोर्चाले ठोस पहल गर्ने

0
1221

दार्जीलिङ, 26 नोभेम्बरः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले अब शीघ्रै पर्जा-पट्टा, दार्जीलिङ नगरपालिकालाई नगरनिगममा बढ़ोत्तरी गर्नुपर्ने साथै अन्य मुद्दाहरूमाथि ठोस पहल गर्ने भएको छ।

पार्टीले विशेष 5 वटा मुद्दामाथि ठोस पहल गर्ने अघिबाटै निर्णय लिएको थियो, जसमा पर्जा-पट्टा, सब्-अर्डिनेट सेलेक्शन बोर्ड, दार्जीलिङ नगरपालिकाका नगरनिगममा बढ़ोत्तरी गर्नुपर्ने जस्ता मुद्दाहरू सामेल छन्।

यस विषयहरूलाई अघि बढ़ाउनका लागि पार्टीले सड़कदेखि सरकारको टेबलसम्म पुऱ्याउन पहल गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता केशवराज पोख्रेलले बताए।

“केही महिनाअघि मिरिकको सौरेनीमा पार्टी केन्द्रिय समितिको बैठकमा लिइएका 5 वटा प्रस्तावलाई लिएर आजको बैठकमा व्यापक चर्चा गरिएको थियो। जसमा अब शीघ्रै पार्टीले पर्जा-पट्टाका साथै अन्य मुद्दाहरूलाई सड़कदेखि सरकारको टेबलसम्म पुऱ्याउने निर्णय गरिएको छ’’, पोख्रेलले भने।

पार्टी अध्यक्ष विनय तामाङको अध्यक्षता साथै महासचिव अनित थापाको विशेष उपस्थितिमा आयोजित यस सभामा पार्टीका 23 वटा भ्रातृ सङ्गठनका प्रतिनिधिगण सामेल रहेको पनि उनले बताए।

यसै सभाबीच, गोर्खा जातिका 21 वटा जातगोष्ठी सामेल रहेको युनाइटेड गोर्खा कम्युनिटी फोरमकी महासचिव विनीता खम्बु राई आज विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चामा सामेल भइन्, जसले विनय तामाङ र अनित थापाको नयाँ सोंच र नयाँ विचारलाई समर्थन गरेर नै गोजमुमोमा सामेल भएको बताइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here