29 दिसम्बरमा पहाड़ बन्द नहुने, विनयको अपीलपछि युमोद्वारा बन्द फिर्ता

0
1115

दार्जीलिङ, 26 दिसम्बरः आउँदो 29 दिसम्बरको दिन दार्जीलिङ पहाड़ बन्द नहुने भएको छ। आज बिहान पार्टी अध्यक्ष विनय तामाङले सिलगढ़ीस्थित पिण्टेल भिलेजमा पत्रकार सम्मेलनमार्फत बन्द फिर्ता लिने अपील गरेपछि युवा मोर्चाले बन्द फिर्ता लिएको छ।

आज बिहानै पार्टी अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाले बन्द फिर्ता लिने अपील गरेपछि युवा मोर्चा केन्द्रिय समितिको आपत्कालीन बैठक बसेर 29 दिसम्बरको बन्दलाई फिर्ता लिएको युमो केन्द्रिय अध्यक्ष अमृत योञ्जनले बताए।

उनले भने, “आज बिहान पार्टी अध्यक्ष विनय तामाङ र महासचिव अमित थापाको बन्द फिर्ता लिइदिने अपीलपछि आज हामी आपत्कालीन बैठक बसेर आचारसंहिता र नियम-कानूनलाई पालन गर्दै हामी उक्त दिनको बन्द नगर्ने निर्णय गरेका छौं। फिर्ता लिएका छौं”, योञ्जनले भने।

उनले थप भने, “पहाड़का व्यवसायी र ड्राइभर दाजु-भाइहरूलाई माफी मागेर सीएए र एनआरसी पहाड़, तराई डुवर्समा लागू हुनुहुँदैन भनेर बन्द डाक्नु हामी बाध्य बनेका थियौं। तर हामीले उक्त दिनको बन्दलाई फिर्ता लिएका छौं।”

आउँदो 28 दिसम्बरको दिन दार्जीलिङदेखि खरसाङसम्म र त्यसपछि 5 जनवरीको दिन खरसाङदेखि सिलगढ़ीको दार्जीलिङ मोड़सम्म सीएए र एनआरसीविरुद्ध युवाहरूको एकता देखाउँदै युमोले पदयात्रा गर्ने विनयपन्थी युमो अध्यक्ष अमृत योञ्जनले थप बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here