पीएम-युवा मेन्टरशिप योजनाः विजेता ७५ लेखकका नाम घोषणा

0
1382

नयाँ दिल्ली, २६ दिसम्बरः पीएम-युवा मेन्टरशिप योजनाअन्तर्गत ‘भारतको राष्ट्रिय आन्दोलन’ शीर्षकमा आयोजित अखिल भारतीय प्रतियोगिताका विजेता ७५ लेखकका नाम घोषणा गरिएको छ, जसमा नेपाली भाषाबाट मणिका राणा रहेकी छन्।

यस योजनामार्फत ३० वर्षभन्दा मुनिका लेखकहरूका लागि छात्रवृति सह परामर्श योजनाहेतु ७५ लेखक चयनित गर्नु थियो।

‘आजादी का अमृत महोत्सव’ कार्यक्रमअन्तर्गत यो प्रतियोगिता राष्ट्रिय पुस्तक न्यास भारतले गरेको थियो।

MyGov र राष्ट्रिय पुस्तक न्यास, भारतमार्फत यसै वर्षको १ जूनदेखि ३१ जुलाईसम्म अखिल भारतीय प्रतियोगिताको आयोजन गरिएको थियो।

२२ आधिकारिक भाषा र अङ्ग्रेजी भाषा गरी लगभग १६००० लेख देशभरबाट प्राप्त भएको थियो, जसमा केही लेखक भारतीय प्रवासी समुदायबाट पनि थिए।

विशेषज्ञहरूका एक प्यानलले तीन स्तरमा जाँच गरी विजेता ७५ लेखक चयनित गरिएको हो।

उल्लेखनीय छ, यसै वर्षको ३१ जनवरीका दिन ‘मन की बात’-मा आफ्नो सम्बोधन अवधि प्रधानमन्त्री नरेन्द्र मोदीले देशका युवाहरूलाई देशका स्वतन्त्रता सेनानी, उनीहरूसँग जड़ित घटनाहरू तथा स्वतन्त्रता सङ्ग्रामअवधि वीरताको कथाहरूबारे लेख लेख्न आह्वान गरेका थिए।

प्रधानमन्त्रीको यस्तो आह्वानपछि युवा लेखकहरूका लागि पीएम-युवा मेन्टरशिप योजनालाई शिक्षा मन्त्रालय, भारत सरकारले राष्ट्रिय पुस्तक न्यास, भारतसँग मिलेर कार्यान्वयन एजेन्सीका रूपमा शुरू गरेको थियो।

स्मरण रहोस् चयनित ७५ लेखकमध्ये ३८ युवक र ३७ युवती छन्, जसमा दुईजना १५ वर्षभन्दा मुनिका छन्। अर्कोतर्फ १६ लेखकका उमेर १५-२० वर्षबिच, ३२ लेखक, २१-२५ वर्षबिचका तथा २५ लेखक २६-३० वर्षका छन्।

चयनित लेखकहरूलाई ६ महिनाको मेन्टरशिप दिइनेछ, जसमा यी लेखकहरूलाई प्रख्यात लेखक तथा राष्ट्रिय पुस्तक न्यास, भारतको सम्पादकीय टिमको मार्गदर्शनमा अनुसन्धान र सम्पादकीय सहायता प्रदान गरिनेछ। साथै यी लेखकहरूका पुस्तक प्रस्तावलाई पूर्ण पुस्तकका रूपमा प्रकाशित गरिनेछ।

‘आजादी का अमृत महोत्सव’ पहलको एक भागका रूपमा उनीहरूका प्रकाशित पुस्तक पछि अन्य भारतीय भाषाहरूमा पनि अनुवाद गरिनेछ।

मेन्टरशिपअवधि चयनित लेखकहरूलाई ६ महिनासम्म प्रतिमहिना ५०,००० रुपियाँ छात्रवृत्ति प्राप्त हुनेछ। साथै लेखकहरूलाई उनीहरूका पुस्तकको सफल प्रकाशनमा १० प्रतिशत रोयल्टी पनि दिइनेछ।

यसका जानकारी राष्ट्रिय पुस्तक न्यास भारतका निर्देशकले एक विज्ञप्तिमार्फत दिएका हुन्।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here