
दार्जिलिङ, २६ दिसम्बरः हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्स पितृशोकमा परेका छन्।
उनका बुबा जोन बोनिफेसको आज बिहान ३.५५ बजे निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिए।
स्वयं एड्वर्ड्सले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे जानकारी गराएका छन्।
अजय एड्वर्ड्सले लेखेका छन् – धेरै दुःखका साथ मेरा बुबा जोन बोनिफेसको आज बिहान ३.५५ बजे निधन भएको छ। उहाँले हिजो हामी सम्पूर्ण परिवारसँग मेनुसहित क्रिसमस भेटघाटको आयोजन गर्नु भएको थियो। हामी सबै परिवारलाई उहाँको जीवनको उपहारका लागि म भगवानलाई धन्यवाद दिन्छु। हामीलाई थाहा छ- भगवानले उहाँलाई स्वर्गमा लैजानुभएको छ।


