दार्जिलिङ, २६ दिसम्बरः कङ्ग्रेसका नेता राहुल गान्धीसँग आज नयाँ दिल्लीमा भएको बैठकलाई हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सले सकारात्मक बताएका छन्।
एड्वर्ड्सका अनुसार आजको बैठकमा कङ्ग्रेसका नेताहरूसँग आउँदो लोकसभा चुनाउमा गठबन्धन र दार्जिलिङ पहाड र यहाँका जनताका लागि संवैधानिक न्यायलाई चर्चा भएको छ।
आज एड्वर्ड्सलगायत गोरामुमोका नेता महेन्द्र छेत्री र भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष डा. मुनिष तामाङले पनि कङ्ग्रेस नेता राहुल गान्धीसँग छुट्टाछुट्टै बैठक गरेका थिए।
एड्वर्ड्सले भनेका छन् – बैठकमा हाम्रो क्षेत्र र जनताप्रति मेरो प्रतिबद्धता कायम राखेको छु।