पवन चामलिङ मातृ शोकमा

0
669

सिलगढी, २६ दिसम्बरः  सिक्किमका पूर्व मुख्यमन्त्री एवं सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चामलिङ मातृ शोकमा परेका छन्।

उनकी आमा आशा रानी चामलिङको आज राति करिब ९ बजे सिलगढीको एक नर्सिङ होममा उपचाराधीन अवस्थामा निधन भएको हो।

जानकारीका अनुसार उनी लगभग ९५ वर्ष पुगेकी थिइन्। लामो समयदेखि बिरामी रहेकी आशा रानी चामलिङ केही दिनदेखि सिलगढीको एक नर्सिङ होममा भर्ना थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here