गोर्खा लीग दुई-चार व्यक्तिको पेवा होइनः एम प्रसाद आचार्य

0
907

दार्जीलिङ, 27 जनवरीः गोर्खा लीगबाट प्रताप खातीलाई निष्कासित गरिएको कुराप्रति पार्टी उपाध्यक्ष एवं उत्तपूर्वाञ्जल प्रभारी एम प्रसाद आचार्यले तीखो शब्दमा आपत्ति जनाएका छन्।

साथै दुई-चार व्यक्ति बसेर यस्तो निर्णय गरिएको, जुन निर्णय गोर्खा लीगकै लागि घातक रहेको उनको ठम्याइ छ।

“गोर्खा लीग दुई-चार व्यक्तिको पेवा होइन। यो त भारतभरि छरिएर बसेका गोर्खाहरूको आस्था र विश्वास जोड़िएको पार्टी हो”, आचार्यले थपे, “म पार्टीका केन्द्रिय समिति उपाध्यक्षसँगसँगै उत्तरपूर्वाञ्जलका प्रभारी पनि हुँ। मलाई यस्तो निर्णयबारे थाहै छैन।”

विक्रमादि राईहरूले प्रताप खातीलाई निष्कासित गरेको निर्णयको पनि उनले तीखो शब्दमा खण्डन गरेका छन्।

आचार्यका भनाइअनुसार गोर्खा लीगमा प्रताप खातीको योगदान महत्त्वपूर्ण छ। केही महिनाअघि गोर्खा लीगमा आएका एकाध व्यक्तिहरूले पार्टीको संविधानलाई मिचेर प्रताप खातीलाई निष्कासित गर्ने आफूखुशी गरेको निर्णय कदापि स्वीकार्य नहुने पनि उनले बताएका छन्।

“अहिले गोर्खा लीग भारतका सबै राज्यमा विस्तारको क्रममा छ। यसमा प्रताप खातीले महत्त्वपूर्ण कार्य गरिरहेका छन्। यस्ता व्यक्तिलाई केही व्यक्तिहरूले अचानक पार्टीबाटै निष्कासित गरेको कुरा जायज छैन”, उनले थपे, “हामी प्रताप खातीलाई गोर्खा लीगका नेता मान्छौँ। यसैले उनलाई निष्कासित गरिएको घटनाप्रति हामी घोर आपत्ति जनाउँदछौँ।”

एम प्रसाद आचार्यका अनुसार गोर्खा लीग प्रताप खाती गुटको सभा बसिएको र प्रताप खातीलाई निष्कासित गर्ने निर्णय गरिएको बारे, उनलाई थाहै छैन।

“न मलाई हाम्रो पार्टीको सभा बसिएको बारे थाह छ न त प्रताप खातीलाई निष्कासित गर्ने निर्णय गरिएको नै थाह छ”, उनले भनेका छन्, “दुई-चार व्यक्ति सभा बसेर यस्तो निर्णय लिएको हुनसक्छ। तर यस्तो निर्णयलाई हामी स्वीकार गर्ने छैनौँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here