नयाँदिल्ली, २७ फरवरी : मङ्गलबार उज्यालो नभइ भारतीय वायु सेनाको मिराज २००० –ले सर्जिकल स्ट्राइक –दुई गरी जैश-ए-मोहम्मदका आतङ्की शिविरहरू ध्वस्त बनाएको एकदिनपछि पाकिस्थानी फाइटरहरू बिहान भारतीय सीमा क्षेत्रभित्र पसेर बुधबार बिहान राजौरी र पुँछ जिल्लामा बम खसाएका छन्।
पाकिस्थानको यस्तो हर्कतले भारत-पाकिस्थानबीच युद्धको नजिक पुऱ्याएको छ।
उच्च पदस्थ सूत्रका अनुसार पाकिस्थानका फाइटर विमानहरूले राजौरीको नौशेरा र पुँछ जिल्लाको कृष्ण उपत्यकामा अनुप्रवेश गरी भारतीय क्षेत्रमा लेजर गाइडेड गोला खसाले।
नियन्त्रण रेखा नजिक आवासीय क्षेत्रमा खसाएको बमले एक ९ वर्षीया बालिका गम्भीर घाइते भएकी छन्। घाइते बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
त्यस्तै सीमा उल्लङ्घन गरी पाकिस्थानी फाइटरहरूले गरेको गोलीबारीमा एक अन्य युवक पनि गम्भीर घाइते भएका छन्।
ताजा जानकारीका अनुसार भारतले पाकको एक एफ-१६ विमानलाई निशाना बनाएको छ। आज बिहान पाकको एफ-१६ विमान नौशेरा सेक्टरमा छिरेको एफ-१६-लाई भारतले फर्किरहेको समय खसालेको हो।
भारतीय वायु सेनाको जवाबी प्रहारले यो एफ-१६ तीन किलोमिटर टाढ़ा पाकिस्थानी क्षेत्र लाम भेल्लीमा खस्यो। जानकारीका अनुसार विमानका पाइलटलाई प्यारासुटको प्रयोग गरेको देखिएको छ। यद्यपि पाइलटको स्थितिलाई लिएर स्पष्ट हुनसकेको छैन।