भारत-पाकबीच बढ़्दो तनाउबीच अरुण जेटलीले भने – केही पनि हुनसक्छ

0
1012
वित्त मन्त्री अरुण जेटली (फोटो साभार : इन्टरनेट)

नयाँदिल्ली, २७ फरवरी : भारत र पाकिस्थानबीच बढ़्दो तनाउबीच बुधबार वित्तमन्त्री अरुण जेटलीले आज केही पनि हुनसक्ने र सबै कुरा सम्भव रहेको बताए।

स्मरणरहोस्, भारतीय वायुसेनाले मङ्गलबार उज्यालो नभइ पाकिस्थानको बालाकोटमा पसेर आतङ्की सङ्गठन जैश-ए-मोहम्मदको ठेगाना द्वस्त पारेको थियो।

जेटलीले भने, “जब अमेरिकाको नेभी सील कमाण्डो ऐबाटाबादबाट अलकायदाका मुखिया ओसामा बिन लादेनलाई मारेर लैजान सक्छ भने आज केही पनि सम्भव छ।’’ वित्त मन्त्रीले थप भने, “त के हामी यस्तो गर्नसक्दैनौं। यो केवल कल्पना हुन्थ्यो, इच्छा हुन्थ्यो, आज त त्यो पनि सम्भव छ।’’

उल्लेखनीय छ, बालाकोटमा भारतीय वायुसेनाको हमलापछि पाकिस्थानले भारतीय सीमाभित्र छिर्ने कोशिश गरेको थियो। भारतीय वायुसेनाले जवाबी कारबाही गरी पाकिस्थानको एक एफ-१६ लड़ाकु विमानलाई खसालेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here