गडकरीसँग विष्टको भेटवार्ता, बाघपुलको वैकल्पिक पुल तत्काल निर्माण गर्नुपर्ने माग

0
1195

दार्जीलिङ, 27 फरवरीः सांसद राजु विष्टले बिहीवार केन्द्रिय राजमार्ग एवं भूतल परिवहन मन्त्री नितिन गडकरीसँग भेटवार्ता गरी बाघपुल (कोरोनेशन ब्रीज)-को वैकल्पिक पुल निर्माण गर्ने माग दोहोर्‍याएका छन्।

पछिल्लो महिना पनि विष्टले गडकरीसँग भेट गरी यो माग राखेका थिए।

आज पनि सांसदले मन्त्रीसँग यसै मुद्दालाई उठाउँदै तत्काल वैकल्पिक पुलको निर्माणको आवश्यकताप्रति ध्यानाकर्षण गराए।

दार्जीलिङ पहाड़, सिक्किम र सिलगढ़ीलाई डुवर्सको भूभागसँग जोड़्ने यो पुल 1937 मा निर्माण गरिएको हो।

यतिका वर्ष पुरानो भइसकेका कारण पनि अहिले बाघपुलको अवस्था दयनीय बनेको छ।

साथै यो क्षेत्र भुइँचालो जोखिम क्षेत्रमा पर्ने भएकोले पनि बाघपुल जोखिमपूर्ण रहेकोले यसको वैकल्पिकमा नयाँ पुलको तत्कालको निर्माण अत्यावश्यक रहेको उनले मन्त्रीलाई बुझाए।

यसअवधि उनले दार्जीलिङ, अलिपुद्वार, जलपाइगढ़ी र कोचबिहारका मानिसहरूका सुविधालाई ध्यानमा राखेर सेवकदेखि एलेनबारीलाई जोड़्ने वैकल्पिक पुलको निर्माण गरिनुपर्ने माग गरे।

साथै वैकल्पिक पुलको निर्माणपछि बाघपुलको वास्तुशिल्पलाई संरक्षण गरेर राख्न सकिने बताए।

मन्त्री नितिन गडकारीले सम्बन्धित अधिकारीसँग यसबारे कुराकानी गरिसकेको तथा सम्बन्धित विभागलाई चाँड़ोभन्दा चाँड़ो काम शुरु गर्ने निर्देश दिएको आफूलाई भेटवार्ताअवधि जानकारी गराएको पनि सांसद राजु विष्टले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here