दार्जीलिङ, २७ फरवरीः केन्द्रमा पूर्ण बहुमतमा रहेको भारतीय जनता पार्टी (भाजपा)-ले गोर्खाहरूको दीर्घकालीन माग छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरी आफ्नो वाचा पूरा गर्नुपर्ने माग क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले गरेको छ।
आज सोनादा बजारमा सम्पन्न पथसभालाई सम्बोधन गर्दै क्रामाकपा नेतृत्वहरूले यस्तो माग गरेका हुन्।
क्रामाकपाको माग छ- भाजपाले आफ्नो सङ्कल्प-पत्रमा वाचा गरेका जनजातिको मान्यता र स्थायी राजनीतिक समाधान यथाशीघ्र गर्नुपर्छ।
यसका साथै वक्ताहरूले चियाबारी/सिन्कोनाबारीका विविध समस्यालगायत पछिल्लो १६ वर्षदेखि पहाड़मा ठप्प रहेको पञ्चायत चुनाउबारे पनि बोलेका थिए।
सभालाई उद्धव खनाल, सुनिल राई, अरुण घतानी र बीएम राईले सम्बोधन गरेका थिए। सभामा नर्बु लामा, शेखर छेत्री, केडी राईलगायत अन्य उपस्थित थिए।