दिसन अस्पतालको आइसोलेशनमा दार्जीलिङ र कालेबुङका गरी कुल 12 जना भर्ना

0
1617

दार्जीलिङ, 27 अप्रेलः सिलगढ़ीको कावाखालीस्थित दिसन अस्पतालको आइसोलेशनमा दार्जीलिङ पहाड़बाट कुल 12 जना भर्ना भएका छन्। उनीहरूमा कोरोना सङ्क्रमणको आशङ्का गरिएपछि आइसोलेशन वार्डमा भर्ना गरिएको बताइएको छ।

जीटीएद्वारा हिजो अर्थात् 26 अप्रेलका दिन जारी बुलेटिनका अनुसार हिजो दार्जीलिङ जिल्लाबाट दुईजना र कालेबुङ जिल्लाबाट 10 जना गरी कुल 12 जना दिसन अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका छन्।

सम्भवतः उनीहरूको हिजै बेलुकी अथवा आज बिहान टेस्ट गरिएको छ भने बेलुकीसम्म टेस्ट रिपोर्ट आइपुग्ने जानकारी पाइएको छ।

उल्लेखनीय छ, अहिलेसम्म दिसन अस्पतालको आइसोलेशन वार्डमा जति पनि भर्ना भएका थिए, उनीहरू सबैको रिपोर्ट नेगिटिभ आएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here