जीर्ण पुलबाट झरेर एकजना घाइते, पक्की पुलका लागि गाउँलेहरूको गुहार (भिडियोसहित)

0
1897

दार्जीलिङ, २७ जूनः सोम चियाकमानको दोस्रो विभागस्थित जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलबाट शुक्रवार ३६ वर्षीय मुनम तामाङ युवक घाइते भएका छन्।

जानकारीका अनुसार तामाङ सोम दोस्रो विभाग (डिभिजन) निवासी हुन्। उनको हाल दार्जीलिङ इडेन अस्पताल उपचाराधीन छन्।

अर्कोतिर यस घटनाले सम्बन्धित निकायमाथि धेरै प्रश्न तेर्सिएको छ। किनभने वर्षौंदेखि जीर्ण अवस्थामा रहेको यो पुलको कायाकल्पबारे सम्बन्धित निकायले अहिलेसम्म कुनै ठोस पहल नगरेको स्थानीय मानिसहरूको भनाइ छ।

जानकारीका अनुसार सोम दोस्रो विभागमा रहेको यस पुलले सोमलाई सिङ्ताम, बिजनबारी, चुङ्थुङ आदि ठाउँलाई जोड़्ने गर्दछ। साथै यस पुल भएर प्रतिदिन दर्जनौं मानिसहरू ओहोर-दोहोर गर्नेगर्छन्।

यसैबीच स्थानीय मानिसहरूले यस पुलको कायाकल्प गरी पक्की पुलको निर्माण गरिनुपर्ने माग माग गरेका छन्। यस विषयमा सम्बन्धित निकायले यथाशीघ्र पहल गर्नुपर्ने उनीहरूको माग छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here