मेरो विश्वासका विस्थापित भोगहरू

2
1591

-सन्ध्या छेत्री गिरी

हिजो आज त झन् मलाई

मेरै विश्वासका विस्थापित भोगहरूसँगै

विश्वका कौतूहलले थिचे जस्तो छ नि

सायद यो निरीह सपनालाई

फेरि कतै जागृतिको शङ्खघोषसँगै

उच्छवासका गतितिर

निर्जल यी कहाली सपनाहरूलाई

उर्फ! मेरो यो

विश्वासका विस्थापित भोगहरूका अस्तित्वहरू

कति सङ्घर्षमय नि? थाहा छ मलाई

विश्वमा महामारीको याममा सङ्क्रमणले

लासहरूका लस्कर

सक्दिनँ सहन यो निरीह आकांक्षाहरू।

अब त प्रकृति पनि लज्जित र निस्तब्ध

कति हृदय पोलिसके निष्क्रियताले

म नारीको उपमा

खोई! तिमी मलाई कति नै जान्दछौ?

सार्थकताका इतिहासका पानाहरूमा

एक एक बचाइका शिथिलताहरू

कहिले पनि मुर्झाएका छैनन्

आफ्नो मौलिकता।

कस्ता सन्तान जन्माऊँ, अब म

मातृत्वको रक्षार्थ?

धेरै बितिसक्यो यो बगम्फुसे जीवन

अनि कति धुजा परेको यो इतिहास

निरङ्कुश शासनको टेवालाई थरथर कपाउन नसकेका

अब म मुर्झाउन दिने छुइनँ

मेरो विश्वासका विस्थापित भोगहरूका

एक एक सङ्घर्षका शब्दहरूका

मूल्याङ्कनका विवश भइदिए

चाँड़ै हामी आफ्नै आँगनमा संस्कृति र भाषाको

फूल फुलाउन सक्षम बन्नेछौँ।

एकताको बलमा हामी सबै मिलेर

विस्थापित भोगहरूबाट

सबै मुक्तिको बाटो पहिल्याऔँ।

(बुमटार, नाम्ची)

2 टिप्पणी

  1. धेरै राम्रो कविता दिदीको। यसरी नै सँधै कलमलाई निरन्तरता दिइ रहनुस् भन्ने आग्रह गर्दछु ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here