समीर शर्माका दश हाइकु

0
1249

१.

क्याक्टस फूल

मरुभूमिको पानी

घामको गीत।

२.

पानीको रङ्ग

हावाको अनुहार

हाम्रो संसार।

३.

चकमन्न रात

कुकुरको आवाज

मान्छेको डर।

४.

पानीमा जून

आधा रातको हावा

मायाको गीत।

५.

फूलको माया

रोएछ एकदिन

काँड़ाको मन।

६.

किन उफ्रेको

शून्य आँगनबाट

आकाश छैन।

७.

घाम र जून

साइकलको चक्का

देशको आँखा।

८.

बाँसको ढुङ्ग्रो

कुकुरको पुच्छर

बिकेको नेता।

९.

घाइते बाटो

चुनाउको बिगुल

मुर्दाको ऱ्याली।

१०.

देशको मन

गोर्खाको अधिकार

सारङ्गी धुन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here