समस्यालाई ठीक तरिकाले ठीक ठाउँमा राख्न सकिए समाधान अवश्य हुनेछ: अनित

0
1094
अनित थापा (फाइल फोटो)

दार्जीलिङ, 27 जुलाईः कुनै पनि समस्यालाई ठीक तरिकाले ठीक ठाउँमा राख्न सकिएको खण्डमा उक्त समस्याको समाधान हुने दाबी जीटीए बीओएका अध्यक्ष अनित थापाले गरेका छन्।

राज्य सरकारले गाड़ीहरूका कागज-पत्रको नवीनीकरणको म्याद बढ़ाएको सन्दर्भमा उनले यस्तो दाबी गरेका हुन्।

थापाका अनुसार लकडाउनका कारण गाड़ीहरूको कागज-पत्रको नवीनीकरण र पेनाल्टी समस्यालाई लिएर केही महिनाअघि गाड़ी चालक र मालिकहरूको एक टोलीले उनीसँग भेट गरेको थियो। त्यस भेटअवधि टोलीले उल्लिखित समस्या र मागबारे एक ज्ञापन पनि चढ़ाएको थियो।

त्यसपछि पछिल्लो 9 जुलाईका दिन आफूले राज्यका परिवहन विभागका मन्त्री सुभेन्दु अधिकारीलाई एक पत्र पठाएर उल्लिखित समस्याबारे अवगत गराउँदै गाड़ीको कागज-पत्रको नवीनीकरण यदि 31 अगस्तसम्म हुन नसके पेनाल्टी नलिने निवेदन गरेको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।

उनका अनुसार यसैबीच राज्यको परिवहन विभागले 24 जुलाईका दिन अर्को एक सूचना जारी गरी नवीनीकरणको म्यादलाई सारेर 30 सेप्टेम्बर 2020 बनाएको छ। सूचनाअनुसार गाडीको ट्याक्स तिर्न र कागज-पत्रको नवीनीकारण आदिको कार्य 30 सेप्टेम्बर 2020 भित्र गर्नपर्नेछ।

यसैलाई उल्लेख गर्दै अनित थापाले आज आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘हरेक समस्याको समाधान हुन्छ। समस्यालाई ठीक तरिकाले ठीक ठाउँमा राख्न सकिए समाधान अवश्य हुनेछ। चालक सङ्घ, मोटर मालिक सङ्घको तत्परता र जीटीए प्रशासनको समस्या सुल्झाउने नीतिको कारण पनि यसरी समस्या सुल्झियो। आउँदा दिनहरूमा पनि जीटीए प्रशासन राज्य सरकारसँग र स्थानीय निकायहरूसँग तालमेल मिलाएर नै काम गर्न कटिबद्ध छ।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here