गोरामुमोद्वारा शहीद दिवस पालन

0
863

कालेबुङ, २७ जुलाईः कोविड प्रोटोकल्सलाई ध्यानमा राखेर गोर्खा जनमुक्ति मोर्चा (गोरामुमो) कालेबुङले आज शहीद दिवस पालन गऱ्यो।

मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी गराएअनुसार गोरामुमो ब्राञ्च कमिटीअन्तर्गत विभिन्न समष्टिमा शहीद दिवस पालन गरियो।

यसै क्रममा कालेबुङ 24 समष्टि अन्तर्गत कफेर शहीद बेदीमा आज शहीद दिवस पालन गरी छुट्टै राज्यका लागि प्राणको आहुति दिने सम्पूर्ण शहीदहरूलाई सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरियो।

कार्यक्रममा गोरामुमो केन्द्रीय समितिका सदस्य छिरिङ शेर्पा, शहीदहरूका परिवार र समष्टि प्रतिनिधिहरू उपस्थित रहेका थिए। यसैगरी २७ र २५ नम्बर समष्टिमा पनि शहीद दिवस पालन गरेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here