आइजिजेएफको युवा सङ्गममा भ्रष्टाचार र भयको राजनीतिविरुद्ध सङ्कल्प

0
70

दार्जिलिङ, २७ सेप्टेम्बरः इन्डियन गोर्खा जनशक्ति फ्रन्टको दार्जिलिङ नगर समितिले आज आयोजन गरेको युवा सङ्गम २०२५ – मा भय र भ्रष्टाचारविरुद्ध चर्को नाराबाजी गरिएको छ ।

यस युवा सङ्गममा आइजिजेएफले भ्रष्टाचार र भयको राजनीतिविरुद्ध लड्ने सङ्कल्प गर्दै दार्जिलिङ पहाडमा व्याप्त सबै प्रकारका भ्रष्टाचार र भयविरुद्ध एकजुटता तथा सुनौलो दार्जिलिङ पहाड निर्माणमा सक्रिय संलग्नताका लागि युवाहरूलाई आह्वान पनि गरिएको छ ।

यो युवा सङ्गम पार्टीको केन्द्रीय कार्यालय पी. कोठीमा सम्पन्न भएको थियो ।

सुरुदेखि नै पहाडमा भय र भ्रष्टाचाररहित शासन स्थापनामा जोड दिँदै आएको इन्डियन गोर्खा जनशक्ति फ्रन्टले दार्जिलिङ, कालेबुङ, खरसाङ र मिरिक भय र भ्रष्टाचारमुक्त हुनुपर्ने माग गरेको हो ।

भय र भ्रष्टाचारमुक्त पहाडको नारा लेखिएको प्ला कार्ड हात हातमा लिएर आइजिजेएफका नेताहरूले शिक्षा र अन्य क्षेत्रमा भएको कथित भ्रष्टाचारका लागि जीटीएका सत्तारूढ दलका नेताहरूलाई होसियारी गराएका थिए ।

आजका युवा सङ्गममा पार्टीका युवा कार्यकर्ताहरूलगायत सबै शीर्ष नेता उपस्थित थिए ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here