विनयपन्थी मोर्चाप्रति विमलपन्थी युवा मोर्चाको कटाक्ष, अनिल लोप्चनले भने – विनय तामाङले गोर्खाहरूको चिन्हारी जीटीएको कुर्सीसँग साटे

0
1047
विमलपन्थी युवा मोर्चा उपाध्यक्ष अनिल लोप्चन (फाइल फोटो)।

खरसाङ, 27 अक्टोबर : गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) -को चौकीमा बसेर विनय तामाङले विमल गुरुङ जीटीएको सत्तामा फर्किनु लालयित छ भन्नु जण्डिस लागेको मानिसले अरुलाई पनि पहेंलै देखेजस्तो रहेको विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) केन्द्रिय समितिका उपाध्यक्ष अनिल लोप्चनले बताएका छन्।

शनिवार एक प्रेस विज्ञप्ति जारी गरी लोप्चनले विनयपन्थी गोजमुमोप्रति तीव्र कटाक्ष गरेका छन्।
बिहीवार वरुण भुजेलको पहिलो पुण्यतिथिमा सामेल हुन पुगेका विमल गुरुङपन्थी गोजमुमोका वरिष्ठ नेता कर्णल रमेश आलेले गोजमुमो भारतीय संविधानको धारा 3 –को विषयलाई लिएर राज्य सरकारसँग वार्ता गर्न तयार छ भन्ने बयान दिएपछि शुक्रवार विनयपन्थी गोजमुमोले लगातार प्रतिक्रिया व्यक्त गर्दै विमल गुरुङ गुटले राज्य सरकारअघि घुँड़ा टेकेको र जीटीएको सत्तामा पुनः पुग्न लालयित बनेको बयान दिएको थियो।
आज यसै बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै लोप्चनले यस्तो बयान दिएका हुन्। उनले विज्ञप्तिमा विनयपन्थी गोजमुमोलाई केही प्रश्न पनि गरेका छन्।
उनले विज्ञप्तिमा भूमिगत भएरै विमल गुरुङले चाँड़ै गोर्खा समुदायका 11 जातगोष्ठीलाई अनुसूचित जनजातिको मान्यता दिलाउने तथा स्थायी राजनीतिक समाधान लिएर आउने दाबी गरेका छन्। साथै लोप्चनले सबैलाई धैर्यधारण गरी बसिदिने आह्वान पनि गरेका छन्।
“सन् २०१७ –मा राज्यअघि घुँड़ा टेकेर विनय एन्ड कम्पनीले बन्दकी राखेको आमालाई ससम्मान वार्ताको माध्यमबाट उकासेर जातिकै शिर ठाड़ो पार्ने कोशिशमा छौं। वार्तामा हामी स्थायी राजनीतिक समाधान चाहन्छौं, उनले थप लेखेका छन्, “तर विनय तामाङ जीटीएको चौकी बचाउनमा नै तल्लिन छन्।
उनले आफ्नो पार्टीका नेता कर्णल रमेश आलेको बयानलाई आधा अधुरो संवाद हेरेर विनय तामाङपन्थी गोजमुमोले प्रतिक्रिया गरेको  बताएका छन्।
“विनय तामाङ एन्ड कम्पनीले शहीदहरूको बलिदान र एक करोड़ पचास लाख भारतीय गोर्खाको राष्ट्रिय चिह्नारीलाई जीटीएको बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का अध्यक्षको चौकीसँग साट्ने काम गरेको हो कि होइन, लोप्चनले थप प्रश्न गरेका छन्। साथै विज्ञप्तिमा उनले युवा मोर्चा केवल गोर्खाल्यान्ड राज्य गठनका लागि स्थापना भएको बताएका छन्।
विज्ञप्तिमा उनले लेखेका छन्, “आन्दोलनकालमा जीटीएमा सम्झौता गर्दा युवा मोर्चाले जीटीएलाई न त समर्थन नै गऱ्यो  न त यसको विरोध गऱ्यो। २०१७मा युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङलाई सभासद्को पदबाट राजीनामा दिन लगाएर आन्दोलनमा होमिएका हौं। हामी सदैव शान्तिपूर्ण र  गणतान्त्रिक आन्दोलनमा विश्वास गर्छौं गान्धीवादी नीतिलाई आत्मासाथ गरी वार्ताको माध्यमबाट गोर्खाल्यान्ड राज्य गठन हुने कुरामा सय प्रतिशत विश्वस्त छौं।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here