प्रतीकात्मक फोटो। |
सिलगढ़ी, 27 अक्टोबर : शनिवार केन्द्रिय राजस्व गुप्तचर विभागका अधिकारीहरूले एक विशेष अभियान चलाएर सिलगढ़ीको बर्द्धमान रोडबाट 55 किलोको सुन सहित दुई व्यक्तिलाई पक्राउ गरेका छन्। पक्रा परेका व्यक्तिद्वय गणेश भगवान कुट्टी र नवनाथ कल्प कुट्टीको रूपमा चिन्हित भएका छन्।
सूत्रका अनुसार दुवै कर्नाटक निवासी हुन्। यी दुई तस्करबाट एक प्रतिको ओजन भएका 55 वटा सुनको बिस्कुट बरामद गर्यो। सुनसँगै केन्द्रिय राजस्व गुप्तचर विभागका अधिकारीहरूले एक वाहनलाई पनि जफत गरेका छन्। जफत गरिएका सुनको बजार मूल्य 18 करोड़ 16 लाख 65 हजार बताइएको छ।
सूत्रका अनुसार म्यान्मारको सीमा कटाएर जयगाउँबाट धुपगढ़ी हुँदै यी दुई तस्करले यति धेरै सुन सिलगढ़ी ल्याएका थिए। आज पक्रा परेका यी दुवै तस्करलाई आज सिलगढ़ी अदालतमा प्रस्तुत गरियो, जहाँ न्यायाधीशले उनीहरूलाई 14 दिनको रिमान्ड पठाएको छ।
उल्लेखनीय छ, केही वर्षयता सिलगढ़ी सुन तस्करहरूका लागि प्रमुख अड्डा भइरहेको देखिन्छ। लगातार यहाँ तस्कर गरिरहेको सुन पक्रा परिरहेको घटना प्रकाशमा आइरहेको छ। डीआरआईले यसभन्दा अघि सेप्टेम्बर महिनाको पहिलोसाता पनि 27 किलो सुनसहित सिक्किमका एक व्यवसायीलाई पक्राउ गरेको थियो।