क्रामाकपा प्रवक्ता गोविन छेत्री (फाइल फोटो)। |
दार्जीलिङ, 27 अक्टोबर : क्रान्तिकारी मार्क्सवादी चासो नरहेको यसका प्रवक्ता गोविन छेत्रीले बताएका छन्। उनले जीटीए चुनाउको घाइँघुइँबीच क्रामाकपाको यसप्रति क्रामाकपाको अड़ान स्पष्ट पार्दै यस्तो बयान दिएका हुन्।
जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, “हाम्रो लक्ष्य र उद्देश्य गोर्खाल्यान्ड हो। जीटीए चुनाउ होइन। त्यसैले यो चुनाउप्रति हाम्रो चासो छैन। छेत्रीका अनुसार जीटीए चुनाउ जनताको सपनाको हत्या गरेर एकमुष्ठ नेतालाई धनी बनाउने माध्यम मात्र हो। जनताको सपना गोर्खाल्याण्ड हो, जीटीए होइन।”
क्रामाकपा प्रवक्ताले जीटीए चुनाउका लागि हतारिरहेका दलहरूले कहिल्यै जनाकांक्षा पूरा नगर्ने दाबी गरेका छन्। सीमित सत्ता सुखका लागि आतुरिरहेका दलहरूले जनाकांक्षा पूरा गर्दैन, सा-सानो व्यवस्थाको कुर्सीमा बस्न हतारिनेहरूले गोर्खाल्यान्ड ल्याउनेछन् भन्ने सोच्छु हास्यास्पद मात्र हो।
जीटीए चुनाउमा चासो क्रामाकपालाई चासो नभएको प्रवक्ता छेत्रीले बताए तापनि उचित समयमा पार्टीले सही निर्णय लिने सङ्केत दिएका छन्। उनका अनुसार क्रामाकपाले जीटीए चुनाउका लागि निकट दिनमा निर्णय लिनेछ। “हामी चुनाउमा भाग नै लिनेछैनौं भन्ने होइन, तर परिस्थितिले अह्राएअनुसारको निर्णायक काम गर्नेछौं।”