विमल गुट गोर्खाल्याण्डको मागभन्दा जीटीएको सत्तामा पुनः पुग्न लालयित : विनय तामाङ

0
1241
चौरस्तामा आयोजित गोजयुमोको स्थापना दिवस कार्यक्रममा दीप प्रज्ज्वलन गर्दै विनय तामाङ र अन्य।

दार्जीलिङ, २६ अक्टोबर :  गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को विमल गुटले पश्चिम बङ्गाल सरकारलाई पत्र लेखेर भारतीय संविधानको धारा 3 को विषयमा राज्य सरकारसँग वार्तामा बस्न तयार रहेको समाचार सार्वजनिक भएपछि सत्तासीन गोजमुमो विनय गुटले त्यसप्रति प्रतिक्रिया दिएको छ। विमल गुट गोर्खाल्याण्डको मागभन्दा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए)-को सत्तामा पुनः पुग्न लालायित भएको विनय तामाङले आज आरोप लगाएका छन्।
उल्लेखनीय छ, गोजमुमो विमल गुट कालेबुङका एक वरिष्ठ नेता कर्णल रमेश आलेले बिहीवार पश्चिम बङ्गाल सरकारलाई ईमेल गरेर आफूहरू राज्यसँग वार्तामा बस्न तयार रहेको बताएका थिए।
विमल गुरुङ गुट भूमिगत रहेको छ। लगातार प्रेस विज्ञप्ति जारी गरेर उनीहरूले आफूहरू गोर्खाल्यान्डको मागबाट पछि नहटेको बताइरहेका छन्, तर हिजो यस गुटका एक नेताले राज्य सरकारलाई पत्र लेखेर वार्तामा बस्न तयार रहेको कुरा गर्नु एक आश्चर्यको विषय हो।’’
यदि राज्य सरकार उनीहरूसँग भेट गर्न र वार्तामा चाहन्छ भने त्यसमा आफ्नो केही भन्नु नरहेको विनयको भनाइ छ। उनका अनुसार किनभने यो प्रजातान्त्रिक देश हो। “तथापि हामीले राज्य सरकारसँग कुराकानी गर्दा त्यही पार्टीका नेताहरूले हामीले जनतालाई धोका दियौं भनेर बयानबाजी गरेका थिए”,चौरास्तामा एउटा कार्यक्रमअवधि पत्रकारहरूसँग बोल्दै उनले थपे, “यो उनीहरूको स्पष्टतः दोहोरो चरित्र हो। एक वर्षपछि उनीहरू फेरि राज्य सरकारसँग वार्ता गर्न तयार भएका छन्। नेताहरू लगातार दिल्ली गएर वार्ता गर्छन्।’’
विमल गुरुङ समूह राज्यसँग वार्तामा बस्न तयार हुनुमा केन्द्रको षड्यन्त्र हुनसक्ने विनय तामाङको आशङ्का छ।
उनले भने, “यो उनीहरूको सत्तामोहबाहेक अरू केही होइन। यसले देखाउँछ, उनीहरू गोर्खाल्याण्डभन्दा जीटीएमा अभिरुचि राख्छन्। विमल गुरुङ गुटले जनतालाई दिएको वाचालाई अघि बढ़ाउन चाहन्छ रआफूले गरेका कार्यप्रति पहाड़का जनतासँग माफी माग्छ भने उनीहरूका नेताहरूलाई पहाड़मा पुनः स्वागत गरिन्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here