खरसाङ, 27 नोभेम्बरः राज्यसभा सांसद शान्ता छेत्रीले बुधवार संसदको माथिल्लो सदनमा विश्व धरोहरको मान्यताप्राप्त दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-को आधुनिकीकरणको माग गरेकी छन्।
नेपाली भाषामा आफ्नो सम्बोधन राखेकी सांसद छेत्रीले डीएचआरको इतिवृत्त, पहाड़को नागबेली बाटो भएर टोय ट्रेनमा यात्राको सुखानुभूति र यसप्रति देश-विदेशका पर्यटकहरूको रूचिबारे पनि बताइएकी थिइन्। आफ्नो मागसम्बन्धमा उनले केन्द्रिय रेलमन्त्री पीयूष गोयलको ध्यानाकर्षण गराएकी छन्।
अर्कोतिर, जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि सांसद छेत्रीले आज आफूले सदनमा डीएचआरको आधुनिकीकरणसँग सँगै यसलाई छुट्टै डिभिजनमा बनाएर संरक्षण र विकास गरिनुपर्ने मागसमेत राखेको बताएकी छन्।