पानीट्याङ्कीबाट तिब्बती युवक पक्राउ

0
1872
पक्रा परेका तिब्बती युवक।

सिलगढ़ी, २७ नोभेम्बरः चीनद्वारा जारी गरिएको भ्रमण दस्तावेज बोकेका एक तिब्बती युवकलाई सशस्त्र सीमा बल (एसएसबी)-को ४१औं बटालियनका जवानहरूले पक्राउ गरेका छन्।

मङ्गलवार बेलुकी एसएसबी जवानहरूले ती तिब्बती युवकलाई पक्राउ गरेका हुन्। पक्रा परेका तिब्बती युवकको नाम तेञ्जिङ हामला (२५) बताइएको छ। भारत-नेपाल सीमा पानीट्याङ्की भएर नेपाल छिर्ने कोशिश गरिरहेका बेला तेञ्जिङ हामलालाई एसएसबी जवानहरूले पक्राउ गरेको बताइएको छ।

जाँचअवधि ती तिब्बती युवकबाट चीनद्वारा जारी भ्रमण दस्तावेजलगायत भारतको आधार कार्ड, प्यान कार्ड र रेजिस्ट्रेशन कार्ड पनि बरामद भएको छ। बरामद रेजिस्ट्रेशन कार्डको म्याद दुई वर्षअघि नै सकिसकेको पनि बताइएको छ।

एसएसबी सूत्रका अनुसार पक्रा परेका युवक हिमाचल प्रदेशको काँगड़ा जिल्लानिवासी रहेको बताइएको छ। एसएसबीले घटनाबारे थप अनुसन्धानका लागि ती तिब्बती युवकलाई खोरीबारी पुलिसलाई सुम्पिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here