कोलकाता, 27 नोभेम्बरः राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस सुप्रिमो मुख्यमन्त्री ममता ब्यानर्जीलाई ठूलो झट्का लागेको छ।
आउँदो वर्ष सम्पन्न हुने बङ्गाल विधानसभा चुनाउअघि राज्यका परिवहन मन्त्री सुवेन्दु अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज मन्त्री पदबाट राजीनामा दिएका हुन्।
अधिकारीले हिजो हुगली रिभर ब्रिज कमिशनबाट पनि राजीनामा दिएका थिए।
नन्दीग्राम आन्दोलनका सूत्रधार सुवेन्दु अधिकारी तृणमूल कङ्ग्रेसका प्रभावशाली नेता हुन्। राज्यका करिब 65 सिटमा उनको प्रभाव रहेको मानिन्छ।
यसैले पनि विधानसभा चुनाउअघि उनले मन्त्री पदबाट दिएपछि तृणमूल कङ्ग्रेसको टाउको दुखाइ बढ़ेको छ। अर्कोतिर मन्त्री पदबाट राजीनामा दिएका सुवेन्दु अधिकारी भारतीय जनता पार्टीमा सामेल हुने अनुमान चुलिएको छ।