राज्यका मन्त्रीहरू भेट्दै विमलनेतृत्व टिम

0
876

दार्जिलिङ, २७ नोभेम्बर: अहिले कोलकाता भ्रमणमा रहेका विमल गुरुङ र उनको टिमले राज्यका मन्त्रीहरूलाई भेट गरिरहेका छन्।

अस्तिका दिन तृणमूल कङ्ग्रेसका महासचिव पार्थ च्याटर्जीसँग भेट गरी दार्जिलिङ पहाड, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधानको मागमा ज्ञापन चढाएको गुरुङनेतृत्व टिमले हिजो खाद्यमन्त्री रतिन घोष र विभागीय अधिकारीहरूसँग भेट गरी पहाडका विभिन्न समस्याबारे ध्यानाकर्षण गराउनका साथै ती समस्याहरूका शीघ्र समाधानको माग पनि गरेको थियो।

अर्कोतिर आज तेस्रो दिन यस टोलीले श्रममन्त्री बेचाराम मन्नासँग भेटवार्ता गऱ्यो।

यस भेटवार्ताको अवसरमा यस टिमले चियाश्रमिकहरूका लागि मिनिमम वेजेस  एक्ट झट्ट लागु हुनपर्ने,

 भेटघाटको क्रममा प्रतिनिधि टोलीले मन्त्री चियाकमानका बासिन्दाहरूका नाममा जमिन, मन्दिर, चर्च र गुम्पा र सार्वजनिक भवनहरूका पर्जापट्टा दिनुपर्ने, लामो समयदेखि बन्द अवस्थामा रहेका सिङ्ला नर्थ तकभर, पेशोक, धोत्रे, कलाजभेल्ली, लङ्भ्यू, पानीघट्टा कञ्चनभ्यूलगायत डुवर्सका बन्द अवस्थामा रहेका चियाकमानहरू खोलिनुपर्ने तथा ती चियाकमानका श्रमिकहरूलाई फौलाइको पैसा सटिक प्रकारले दिनुपर्ने, निर्माण क्षेत्र, होटेल र अन्य क्षेत्रहरूमा कार्यरत मजदुरहरूले राम्रो वेतन पाउनुपर्ने साथै उनीहरूका हक र हित सुनिश्चित गरिनुपर्ने माग गरेको थियो।

साथै रोजगारका लागि आफ्नो गाउँबाट अन्य ठाउँहरूमा पलायन भएका श्रमिकहरूका सुरक्षाका लागि पनि सरकार पक्षबाट पहल गरिनुपर्ने माग पनि यस टिमले राखेको छ।

मोर्चाले एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएअनुसार यस टिमका कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्री मन्नाले यी समस्याहरूका समाधानका लागि राज्य सरकारको पक्षबाट सक्दो सक्दो प्रयास गरिने तथा यी समस्याहरू बुझ्न विभागीय टिम चाँडै पहाड भ्रमणमा आउने र त्यसैबेला जुस्लो र श्रमिक सङ्गठनहरूसँग कुराकानी गर्ने पनि आश्वासन दिएका छन्।

मन्त्रीसँग भेटघाट गर्न गएको टिममा मोर्चा प्रमुख विमल गुरुङ, महासचिव रोशन गिरी, कालेबुङ जिल्ला समिति अध्यक्ष डा.आरबी भुजेल, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ र केन्द्रीय समिति सदस्य सोनाम याखा रहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here