असिना हटाउन जेसीबीको सहायता

0
1076
तीनधारेमा परेको असिना।

खरसाङ, 27 दिसम्बरः तीनधारेमा शुक्रवार बिहान परेको बाक्लो असिना पर्‍यो। बिहान करिब 11:30 बजेदेखि लगभग एकघण्टा परेको परेको असिनाले सड़क ठम्म ढाकेपछि यातायातसमेत बाधित बनेको थियो।

स्थानीय मानिसहरूका अनुसार तीनधारेदेखि घैयाबारीसम्मको राष्ट्रिय राजमार्गमा  चारदेखि पाँच इञ्चसम्म असिना जमेको थियो, जसलाई हटाएर यातायात सुचारू बनाउन जेसीबीको सहयोग लिइएको थियो।

राष्ट्रिय राजमार्ग 55 मा मात्र होइन, तीनधारे तथा यसका संलग्न क्षेत्रमा असिनाले ढाकेको थियो।  एकप्रकारले आज तीनधारे असिनाको सेतो च्यादर ओढ़ेर बसेको जस्तो देखिएको थियो।

स्थानीय मानिसहरूका अनुसार धेरै वर्षपछि तीनधारेमा यति बाक्लो असिना परेको हो। असिनाको मज्जा लिन स्थानीय ससाना नानीहरू अत्यधिक उत्साहित देखिएका थिए।

अर्कोतिर बिना मौसम परेको असिना पानीले थप जाड़ो बढ़ेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here