दार्जीलिङ, २७ दिसम्बरः नामरिङ चियाकमाननिवासी एनडी योञ्जनकृत दुईवटा कृति शुक्रवार विमोचन भएको छ। गिरी जयन्तीको उपलक्ष्यमा योञ्जनकृत ‘मेरी गोरी सीम्मा’ (कविता सङ्ग्रह) र ‘हाम्रो मान्छे’ (कथा सङ्ग्रह)-को विमोचन गरिएको हो।
प्रबुद्ध साहित्यकार लोक थापाले अध्यक्षता गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार हस्त नेचाली प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
उल्लेखनीय छ, साठीको दशकको निरन्तर लेखिरहेका एनडी योञ्जन अध्ययनशील साहित्यकार हुन्। लामो समयसम्म शिक्षण पेशामा संलग्न उनका फुटकर रचना विभिन्न दैनिक तथा समसामयिक पत्र-पत्रिका हुँदी प्रकाशित हुँदै आएका छन्।
विमोचित कृतिमाथि सीके छेत्री, नगेन्द्र गोर्खा र डा. महेश दाहालले आ-आफ्नो विचार राखेका थिए भने प्रमुख अतिथि साहित्यकार हस्त नेचालीले कवि अगमसिंह गिरीमाथि आफ्नो विचार राखेका थिए।
यसैगरी कार्यक्रममा मिलन बान्तवा, रितु ठकुरी, सन्जोक खवास, आरती ठकुरी रूद्रराज मास्के गौरी नेम्बाङ बीरेन्द्र अब्जसलगायत अन्य साहित्यकारहरू उपस्थित थिए।