तृणमूल सांसद केडी सिंहको २३८ करोड़ रुपियाँको सम्पत्ति जफत

0
1283
तृणमूल सांसद केडी सिंह (फाइल फोटो)।

कोलकाता, २८ जनवरी :  पोन्जी स्कीम मामिलामा प्रवर्तन निर्देशालय (ईडी)-ले तृणमूल कङ्ग्रेस सांसद केडी सिंहविरुद्ध ठूलो कारबाही गरेको छ। ईडीले तृणमूल सांसदको २३८ करोड़ रुपियाँको सम्पत्ति जफत गरेको छ।

जफत गरिएका सम्पत्तिहरूमा कुफरीमा रहेको एक रिसर्ट, चण्डीगढ़स्थित एक शोरूम, हरियाणामा रहेको सम्पत्ति र ब्याङ्क खाता सामेल छन्।

पोन्जी स्कीम, पिरामिड स्कीम, मल्टी लेभल मार्केटिङ या नेटवर्क मार्केटिङ सिस्टम यो एउटा यस्तो धन्धा या भनौं व्यवसाय हो, जसको माध्यमहरूद्वारा मानिसहरूको पैसा लुट्ने गरिन्छ। पोन्जी स्कीम एक प्रकारले सुनिश्चित कर्पोरेट ठगीको नमुना हो।

सन् २०१६ देखि पोन्जी स्कीमविरुद्ध कारबाही शुरु गरिएको हो। सरकारले अहिलेसम्म ६० हजारभन्दा अधिक पोन्जी स्कीमलाई बन्द गरिसकेको बताइएको छ।

गुप्तचर विभागका अनुसार पोन्जी स्कीम देशका लागि पनि खतरा छ। यसमा निवेश गरिएको पैसाबाट आतङ्कीहरूलाई मद्दत गरिरहेको गुप्तचर विभागको आशङ्का छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here