सेवकमा वाहन दुर्घटना, बोर्ड परीक्षाको तयारी गरिरहेकी छात्राको मृत्यु

0
1203
दुर्घटनामा परेको वाहन।

कालेबुङ, 28 जनवरीः मङ्गलवार बिहानै राष्ट्रिय राजमार्ग 10 अन्तर्गत सेवक क्षेत्रमा भीषण वाहन दुर्घटना भएको छ।

पुलिसका जानकारीका अनुसार आज बिहान करिब 6 बजे सेवक बजारदेखि केही टाढ़ा सिलगढ़ीबाट जोरथाङतर्फ गइरहेको एसके 04 जे 0391 नम्बरको स्पेसियो वाहन ट्रकसँग जोड़ले ठोकिँदा यो दुर्घटना भएको हो।  

जानकारीका अनुसार उक्त दुर्घटनामा एकजना यात्रुको मृत्यु भएको छ भने वाहनका चालकसहित अन्य तीनजना गम्भीर घाइते भएका छन्।

प्राप्त जानकारीका अनुसार मृतकका नाम नाजिया प्रवीण हो। उनी जोरथाङ उच्चतर माध्यमिक विद्यालयमा 12 श्रेणीकी छात्र थिइन्। जोरथाङ माझीगाउँनिवासी नाजिया बोर्ड परीक्षाको तयारीका लागि सिलगढ़ीमा ट्युशन पढ़िरहेकी थिइन् भने आज बिहान उनी जोरथाङ फर्केकी थिइन्।

अन्य घाइतेहरूलाई तत्कालै उपचारका लागि सिलगढ़ी पठाइएको छ।

उल्लेखनीय छ, केही समययता राष्ट्रिय राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ। एकपछि अर्को दुर्घटनाका खबरहरू प्रकाशमा आइरहेका छन्।

हिजो मात्र सेवक थानाअन्तर्गत बाघपुलनजिक पिकअप भ्यान दुर्घटना भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here