
सिलगढ़ी, 28 जनवरीः नेपालमा कोरोना भाइरसको मामिला प्रकाशमा आएपछि भारत-नेपाल सीमामा उच्च सतर्कता अपनाइएको छ, जसको कारण भारत-नेपाल सीमा पानी ट्याङ्की र पशुपति नगरमा स्क्रिनिङ र चेकअपका लागि शिविर लगाइएको छ।
जुन शिविरमा नेपालबाट भारत आउजाउ गर्ने मानिसहरूलाई स्क्रिनिङ र चेकअप गरिँदैछ। खोरीबारी ब्लकअन्तर्गतका स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरसको प्रकोप रोक्नका लागि शिविर बसाएर नेपालबाट भारत आउजाउ गर्ने मानिसहरूलाई स्क्रिनिङ र चेकअप शुरु गरिएको गरिएको हो।
यसअवधि स्वास्थ्यकर्मीहरूले माइकिङद्वारा मानिसहरूलाई कोरोना भाइरस सङ्क्रमित मानिसको लक्षण र यसबाट बच्ने सुरक्षा उपायबारे सचेत गराइँदैछ। साथै कोरोना भाइरसको लक्षण मामिला देखिएको खण्डमा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल जाने सुझाउ दिइँदैछ।
जानकारीका अनुसार कोरोना भाइरसको उपचार र बचाउका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालले विशेष तयारी शुरु गरेको छ भने यस अस्पतालमा आइसोलेशन वार्ड बनाइएको छ।
यसका साथै र्यापिड एक्शन टिम पन गठन गरिएको छ। यसका साथै शिविरमा बसेका स्वास्थ्यकर्मीहरूलाई सशस्त्र सीमा सुरक्षा बलका जवानहरूले सीमामा मानिसहरूको स्क्रिनिङ र चेकअपमा सहयोग गरिरहेका छन्।
यसक्रममा एसएसबी अधिकारीहरूले विशेषगरी विदेशी पर्यटकहरूमा दृष्टि राखेर उनीहरूलाई स्क्रिनिङ र चेकअपका लागि शिविरमा जान सुझाइरहेका छन्। स्वास्थ्य शिविरमा चार स्वास्थ्यकर्मी खटिएका छन्।
अर्कोतिर, मङ्गलवार खोरीबारीका खण्ड विकास अधिकारी जोगेशचन्द्र मण्डललगायत अन्य स्वास्थ्य अधिकारीहरूले सीमा क्षेत्रको भ्रमण गरी सीमा भएर भारत प्रवेश गरिरहेका विदेशीहरूलाई स्वास्थ्य शिविरमा गई स्क्रिनिङ र चेकअपमा सहयोग गर्ने अनुरोध गरे।
अधिकारी मण्डलका अनुसार एक स्वास्थ्य अधिकारी शिविरमा तैनाथ गर्नका लागि ब्लक मेडिकल अफिसरसँग अनुरोध गरेको पनि बताए। ताकि कोरोनाको कुनै लक्षण देखिएको खण्डमा स्वास्थ्य जाँच गर्न सकियोस्।