भाउजु र दुई भतिजका हत्यारालाई फाँसीको सजाय

0
1711
साङ्केतिक फोटो।

कालेबुङ, 28 जनवरीः 3 फरवरी, 2018 मा आफ्नै भाउजु र दुई भतिजाको हत्याका आरोपी सूर्य भुजेल (35)-लाई कालेबुङ जिल्ला अदालतले फाँसीको सजाय सुनाएको छ।

हिजो नै सूर्य भुजेललाई हत्याका दोषी ठहर गरिएको थियो भने आज जिल्ला सत्र न्यायाधीश पार्था सारथी मुखोपाध्यायले आरोपी भुजेललाई फाँसीको सजाय सुनाए।

अदालतका पीपी प्रेम प्रधानले बताएअनुसार गैरीबाँस सिन्कोना बगानमा 3 फरवरी, 2018 को राति एक परिवारका तीन सदस्यको नृशंस हत्याको घटना प्रकाशमा आएको थियो।

जलढका थानाअन्तर्गत गैरीबाँसको भष्मेगाउँमा आफ्नै देवरले भाउजु र दुई नानी (भतिजा)-को जघन्य हत्या गरेका थिए। उक्त घटनामा देवर सूर्य भुजेल (34)-ले भाउजु जुनिता भुजेल (32), र भतिजद्वय आकृत भुजेल (8) तथा अतीत भुजेल (6) को हत्या गरेका थिए। उक्त घटनामा आरोपीविरुद्ध 302 अन्तर्गत मुद्दा चलिरहेको थियो। यो मुद्दामा 18 जनाको बयान लिइएको थियो।

आज अपरान्ह जिल्ला न्यायाधीशले 85 पृष्ठको निर्देशमा यो मुद्दाबारे के भनेका छन् भने एक बुच्चड़खानामा पनि एक व्यक्तिद्वारा एकैसाथ तीनवटा पशु काट्दैन, तर यो घटनामा भुजेलले आफ्नै भाउजु र दुई नाबालगको धारिलो हतियारले प्रहार गरेर जघन्य हत्या गरेका छन्, जसको सजाय फाँसी मात्र हो।

गैरीबाँसको भष्मेगाउँमा रहेको उक्त घरमा जुनिता भुजेल, दुई छोरा र सासू-ससुरा थिए। उनका पति बगानका एक श्रमिक थिए। उनका पतिको 6 महिनाअघि मृत्यु भएको थियो।

पतिको मृत्युपछि सो काम आफूले पाउनुपर्ने माग देवर सूर्यले गर्दै आएका थिए। तर कानुनी प्रावधानअनुसार पतिको मृत्युपछि बगानका श्रमिकको बद्ला काम पत्नीले पाएछि जुनिताले केही महिनादेखि काम गर्दै आएकी थिइन्। यो विषयलाई लिएर भाउजु र देवरबीच मनमुटाउ थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here