विमलपन्थी युमो कालेबुङ जिल्ला समिति गठन, तोप्देन भोटिया अध्यक्ष

0
902

कालेबुङ, 28 जनवरीः  विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) कालेबुङ जिल्ला समिति गठन गरिएको छ।

युमो केन्द्रिय समिति अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा हिजो सम्पन्न भएको सभामा युमो कालेबुङ जिल्ला समिति गठन गरिएको हो।

नवगठित समितिमा अध्यक्ष तोप्देन भोटिया र मूलसचिव बालकुमार थापा चयन भएका छन्।

त्यसैगरी समितिमा उपाध्यक्षत्रय अनिल दर्नाल, अरुण गुरुङ र सुमन भुजेल, सहसचिव क्रमैले अमर थापा, विजय छेत्री, विमल गुरुङ र सुवास खालिङ, कोषाध्यक्ष सेसे भोटिया, साङ्गठनिक सचिव नवाङ भोटिया र कार्यालय सचिव निश्चल छेत्रीलाई चयन गरिएको छ।

सभामा मोर्चा कार्यकारी अध्यक्ष लोप्साङ लामा, डा. आरबी भुजेल, विजय सुन्दास, शामुएल गुरुङ, निमा तामाङ, नारी मोर्चा कालेबुङकी अध्यक्ष  ननिता गौतम, सचिवा वन्दना लामा, युमो केन्द्रिय कार्यकारी अध्यक्ष नोमन राई, उपाध्यक्ष अनिल लोप्चन, सहसचिव विकास खवास, साङ्गठनिक सचिव सुपेन्द्र प्रधान तथा अन्य लगायत कालेबुङ जिल्लाअन्तर्गत् 13 वटा समष्टिका  युवा मोर्चा संयोजकहरू उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here