भारतीय पाइलटलाई रिहाइ गरिदिने पाकिस्थानी लेखिकाको सरकारसँग आग्रह

0
1200
पाकिस्थानी लेखिका फतिमा भुट्टो (फोटो सौजन्य : ट्वीटर)

नयाँदिल्ली, २८ फरवरी : पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फिकार अली भुट्टोकी नातिनी तथा लेखिका फातिमा भुट्टोले भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानको रिहाइको माग गरेकी छन्।

पीटीआईका अनुसार अमेरिकी अखबार न्यूयोर्क टाइम्समा लेखमा भुट्टोले लेखेकी छन्, “म र अन्य धेरै युवाले हाम्रो देश पाकिस्थानसँग आग्रह गर्छौं, शान्ति, मानवता र प्रतिष्ठाप्रति हाम्रो प्रतिबद्धताको एक सङ्केतको रूपमा भारतीय पाइलटलाई रिहाइ गरियोस्, जसलाई पक्राउ गरिएको छ।’’

उल्लेखनीय छ, बुधवार आईएएफ र पाकिस्थानी वायु सेनाबीच भएको हवाई सङ्घर्षपछि पाकिस्थानले अभिनन्दन वर्तमानलाई पक्राउ गरेको दाबी गरेको थियो। पछि भारतले पनि अभिननन्दन बेपता बनेको स्वीकारेको थियो।

अभिनन्दन मिग 21 बाइसन विमानबाट सुरक्षितबाहिर निस्केका थिए, तर उनी भारतीय भूमिको सट्टा पाकिस्थानी भूमिमा झरेका थिए, त्यसपछि उनलाई पाकिस्थानले पक्राउ गरेको थियो।

यसपछि लेखिका फातिमा भुट्टोले इमरान खान सरकारसँग भारतीय पाइलटलाई रिहाइ गर्ने माग गरेकी हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here