पाकिस्तानले अभिनन्दन वर्तमानलाई रिहाइ गर्ने : पराक्रमी विङ्ग कमान्डर भोलि स्वदेश फर्किने

0
1430
विङ्ग कमान्डर अभिनन्दन वर्तमान (फोटो साभार : इन्टरनेट)

नयाँदिल्ली, २८ फरवरी : पाकिस्तानको कब्जामा फँसेका विङ्ग कमान्डर अभिनन्दन वर्तमान भोलि स्वदेश फर्किनेछन्। यसको घोषणा पाकिस्थानका प्रधानमन्त्री इमरान खान स्वयंले गरेका छन्।

आज जोइन्ट पार्लिमेन्ट सेशनलाई सम्बोधन गर्दै पाक प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन्। उनले आफ्नो सम्बोधनमा शान्तिको कुरा पनि गरे। “यो मामिलालाई अघि बढ़ाउँदा कुनै फाइदा हुनेछैन”, इमरानले भने।

अन्तरराष्ट्रिय समुदायअघि दिनप्रतिदिन एक्लिँदै गएको पाक प्रधानमन्त्रीले आज पनि शान्तिको कुरा गरे। साथै पाक भारसँग सबै प्रकारको कुराकानीलाई लिएर तयार रहेको पनि बताए।
यी सबै कुरा भनेपछि इमरान खान आफ्नो कुर्सीमा बसिसकेका थिए। अन्य कुनै सांसदले केही भन्नअघि फेरि आफ्नो कुर्सीबाट जुरुक्क उठेर भने, “भारतका एक पाइलट हाम्रो कब्जामा छ। हामी उनलाई भोलि रिहाइ गर्नेछौं।’’

यसभन्दा अघि पाकिस्थानका विदेशमन्त्रीले विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई रिहाइ गर्दै दुई देशबीच शान्ति स्थापित हुन्छ भने पाक अभिनन्दनलाई छोड़्न तयार रहेको सङ्केत दिएका थिए।

इमरानले अभिनन्दनको रिहाइको ठूलो घोषणा गर्नअघि पाकको कब्जामा रहेका विङ्ग कमान्डरको लिएर पाकिस्थानसँग कुनै प्रकारको सम्झौता नगर्ने तथा अभिनन्दनलाई केही भएको खण्डमा ठूलो कारबाही गर्ने चेताउनी भारतले दिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here