18 मार्चदेखि हुने विमल र रोशनको अग्रिम जमानत याचिकामाथि सुनवाइ

0
2307

दार्जीलिङ, 28 फरवरीः  आउँदो 18 मार्चदेखि कोलकाता उच्च न्यायालयमा विमल गुरुङ र रोशन गिरीको अग्रिम जमानत याचिकामाथि सुनवाइ हुनेछ। बिहीवार न्यायालयले दुवैको अग्रिम सुनवाइका लागि 18 मार्च तय गरेको हो।

स्मरण रहोस्, न्यायाधीश मनोजीत मण्डल अण्डमान एन्ड निकोबर सर्किट बेञ्चमा गएका कारण मोर्चा (पहिलो खेमा)-का नेताद्वयको मुद्दा सुनवाइका लागि मिति तय हुनसकिरहेको थिएन, जुन हिजो भएको छ।

उल्लेखनीय छ, गुरुङ र गिरीको लम्बित 126 र अन्य 31 मुद्दा गरी कुल 157 मुद्दाको सुनवाइ हुनेछ।

यसभन्दा अघि यी मुद्दाहरूको सुनवाइ जलपाइगढ़ी सर्किट बेञ्चमा चलिरहेको थियो। तर, सर्किट बेञ्चमा नियमित सुनवाइ हुनसकेको कारण बचाउपक्षका उकिलको मागमा उच्च न्यायालयको स्पेशल बेञ्चमा सारिएको हो।

यसैबीच,चन्द्र कुमार (सीके) प्रधान, शरण देवान, विमल दर्जी र दीपेन निरौलाका मुद्दाहरूको पूर्ण सुनवाइ नभएसम्म पक्राउ गर्न नपाउने आफ्नो आदेशलाई न्यायालयले यथावत राखेको छ।

उनीहरूका सातवटा मुद्दा लम्बित छ। पछिल्लो वर्षको 29 अगस्तकै दिन जलपाइगढ़ी सर्किट बेञ्चले यी मुद्दाहरूको सुनवाइ गर्दै पूर्ण सुनवाइ नभएसम्म पक्राउ गर्न नपाउने आदेश सुनाएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here