शरीरले साथ दिएसम्म फुटबल खेल्नेछु : सुनिल छेत्री

0
1359
भारतीय फुटबलका कप्तान सुनिल छेत्री (फाइल फोटो)।

नयाँदिल्ली, २८ अप्रेल : शरीरले साथ दिएसम्म फुटबल खेलिरहने भारतीय फुटबल टीमका कप्तान सुनिल छेत्रीले बताएका छन्। शरीरले खेल्न अनुमति दिएसम्म राष्ट्रिय टीमको जर्सी लगाएर फुटबलमा सेवा पुर्‍याउने उनको इच्छा छ।

अहिले सुनिल ३४ वर्ष पुगेका छन्। र उमेरकै हिसाबले हेर्नु हो भने उनी आफ्नो फुटबल करिअरको अन्तिम वर्षतिर छन्।

सुनिल भन्छन्, “मेरो शरीरले जबसम्म मलाई फुटबल खेल्ने अनुमति दिन्छ, तबसम्म फुटबल खेल्नेछु। राष्ट्रिय टीमका लागि खेल्न पाउनु मेरा लागि सबैभन्दा ठूलो सम्मान हो। र, जबसम्म मभित्र ताकत रहन्छ, म फुटबल खेलिरहन्छु।’’

वर्तमान भारतीय टीममा सुनिलजस्ता स्ट्राइकर छैन। उनको गोल गर्ने क्षमता गजबको छ। यसैले पनि सुनिललाई भारतीय फुटबलको गोल मशिन भनिन्छ। यद्यपि सुनिलको स्तरका अन्य स्ट्राइकर नहुनु भारतीय फुटबलका लागि समस्या हो।

सुनिल अन्तरराष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि बनिने खाल्डोलाई कसले पुर्ने हो भन्ने प्रश्न अहिले टट्कारो बनेको छ। यो कुरासँग स्वयं सुनिल पनि राम्रोसँग परिचित छन्। “हामीले पछिल्लो पाँच-सात वर्षको अवधिमा धेरै स्ट्राइकर बनाउन सकेनौं”, सुनिल भन्छन्।

उनका अनुसार यसो हुनुमा धेरै कारण छन्। केही वर्षयता राष्ट्रिय क्लबहरू विदेशी स्ट्राइकरमाथि धेर निर्भर भएका छन्। यसरी राष्ट्रिय क्लबहरू विदेशी स्ट्राइकरहरूमाथि धेर निर्भर भएकोले पनि देशले राम्रो स्ट्राइकर नपाइरहेको उनको सङ्केत छ। सुनिलका अनुसार स्ट्राइकरको पोजिशनमा खेल्ने खेलाड़ीहरूमा ‘गोलको भोक’ अत्यधिक हुनुपर्छ। खेलाड़ीहरूमा गोलको भोक देखिए मात्र कोचले मौका दिनेछ।

“युवावस्थामा नै खेलाड़ीहरूले फिनिसिङमा बढ़ी ध्यान दिनपर्छ। ‘फिनिसिङ’ फुटबलमा महत्त्वपूर्ण कुरा हो। यो कला सिक्नु यद्यपि सहज कुरा होइन सानै उमेरदेखि प्रतिबद्ध र समर्पित भइ लगातार अभ्यास गरिरहे मात्र यो कला सिक्न सकिने हो”, उनी भन्छन्।

अन्तरराष्ट्रिय खेलमा भारतका लागि उत्कृष्ट प्रदर्शन गर्ने सुनिल लय क्लब म्याचमा पनि उस्तै रहँदै आएको छ। भर्खरै मात्र छेत्रीको क्लब बेङ्ग्लुरु एफसीले इन्डियन सुपर लीग (आईएसएल) -को उपाधि जितेको थियो। टीमका लागि आईएसएलको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस क्रममा उनले १९  खेलमा ९ गोल गरेका थिए।

पछिल्लो ६ सिजनदेखि क्लबका लागि गरेको उत्कृष्ट प्रदर्शनको पछिल्तिर कुनै एक कारण नरहेको ‘भारतीय फुटबलका गोल मशिन’ बताउँछन्। “मैदान र मैदानबाहिर एक सिस्टम सेट गरिएको थियो, जसलाई हामीले पालन गर्‍यौं। क्लबका सबैले एक दिशामा कदम बढ़ाए, जसको कारण हामीले सफलता प्राप्त गर्‍यौँ। बेङ्ग्लुरु एफसीका तीनजना उत्कृष्ट कोचको अधीनमा खेल्न पाएकोमा म आफैलाई भाग्यशाली ठान्छु”, सुनिलले भने।

भारतीय टीमका यी लिजेण्डरी स्ट्राइकरका अनुसार उनको करिअरमा भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भोटियाको प्रभाव धेरै थियो। आफ्नो करिअरको शुरुमा भाइचुङ भोटियासँग खेल्न पाउँदा सुनिलले आफूलाई धेरै भाग्यशाली मान्छन्। साथै भाइचुङ भोटियाले ती दिनहरूमा सधैँ सहयोग गरेको बताउँछ।

उल्लेखनीय छ, भारतमा क्रिकेटको जति क्रेज छ, त्यति अन्य खेलको छैन। क्रिकेटमा पागलपन हदै गजबको छ। कुनै क्रिकेट खेलाड़ीले केवल एउटै खेलमा राम्रो खेलेकै भरमा नेम, फेम र पैसा कमाइहाल्न सक्छन्। तर, अन्य खेलको सन्दर्भमा यस्तो लागू हुँदैन। अन्य खेल खेलेर क्रिकेट खेलाड़ीहरूझैं समानान्तर चर्चा र नाम कमाउनु भनेको ठूलो कुरा हो। एक प्रकारले असम्भव कुरा सम्भव भएजस्तै हो। यस्तो सौभाग्य अन्य खेलका विरलै खेलाड़ीहरूले पाएका छन्। उनीहरूले यस्तो सौभाग्य यसकारण पाएका छन्, किनभने उनीहरूले ती खेलहरूका लिजेण्डरी खेलाड़ी नै हुन्। साँच्चै प्रतिभाले परिपूर्ण खेलाड़ी।

यस्तै सौभाग्यशाली र प्रतिभाले परिपूर्ण खेलाड़ी हुन् -भारतीय फुटबल टीमका कप्तान सुनिल छेत्री। सुनिल भारतीय फुटबलका ती खेलाड़ी हुन्, जसअघि टीमका अन्य खेलाड़ीहरू प्रायः प्रायः बाउन्ने साबित हुन्छन्। अन्तराष्ट्रिय फुटबल र क्लब म्याचको भक्कुचुर अनुभवले खारिएका उनी फुटबलकै कारण देशमा चर्चाको केन्द्रमा रहन सफल बनेका छन्।

वर्तमानमा भारतीय क्रिकेटमा विराट कोहलीको जति नेम र फेम छ, त्यति नै नेम र फेम भारतीय फुटबलमा सुनिल छेत्रीको छ। दुर्भाग्य के हो भने, गली क्रिकेट र टेस्ट म्याचधरि आँखा चिम्म नगरी हेर्ने हाम्रो देशले फुटबल हेर्दा आँखा माड़िरहेका हुन्छ। आँखा माड़िरहेको स्थिति  छ। भनौं, विराटले बनाइरहेको ‘सिङ्गल रन’ समेत नबिराइ हेर्ने आँखाले सुनिल छेत्रीले गरेको उत्कृष्ट गोल देख्दैन। र ओझलमा पर्ने गरेको छ उनको उपलब्धि।

सुनिल छेत्री अहिलेका एक्टिभ फुटबलरहरूमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाड़ी हुन्। अहिलेसम्म ६७ गोल गरिसकेका सुनिलभन्दा अघि केवल पोर्तुगेली गोल मशिन क्रिस्टियानो रोनाल्डो मात्र छन्।

महत्त्वपूर्ण कुरा के छ भने यी भारतीय फुटबल स्टारभन्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि पछि छन्। मेस्सी अन्तराष्ट्रिय फुटबलका सर्वकालिक महान् खेलाड़ीहरूमध्ये एक हुन्। उल्लेखनीय कुरा के छ भने गोलको सूचीमा सुनिल रोनाल्डोभन्दा पछि रहे तापनि गोल औसतको हिसाबमा भारतीय कप्तान रोनाल्डोभन्दा अघि छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here