बङ्गालमा कोरोना पोजिटिभ थप अर्का डाक्टरको मृत्यु

0
1168
साङ्केतिक तस्वीर।

कोलकाता, २८ अप्रेलः कोरोना भाइरसका कारण कोलकातामा थप अर्का डाक्टरको मृत्यु भएको छ। मृतक डाक्टरको नाम शिशिर मण्डल (६९) बताइएको छ।

कोरोना सङ्क्रमित बनेपछि यी अर्थोपेडिक सर्जनलाई पछिल्लो १७ अप्रेलका दिनएक गैरसरकारी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ उपचाराधीन अवस्थामा सोमबार साँझ उनको मृत्यु भएको बताइएको छ।

यद्यपि डा. शिशिर मण्डलको मृत्यु कोभिड-१९ कै कारण भएको हो/होइन भन्नेबारे स्वास्थ्य विभागले आधिकारिक रूपमा केही भनेको छैन।

अडिट कमिटीको रिपोर्ट आएपछि उनको मृत्युका कारण अघि आउनेछ।

उनी चार दशकभन्दा समयदेखि बेलभ्यू क्लिनिकसँग सम्बन्ध थिए। दुई साताअघि अस्पतालमा भर्ना भएका उनको कोरोना टेस्ट पोजिटिभ आएपछि आम्री अस्पतालमा रेफर गरिएको थियो।

इङ्ग्लिस डेली टाइम्स अव् इन्डिया का अनुसार कार्डियल अट्याकका कारण डा. शिशिर मण्डल कोमामा गएका थिए। यसका साथै शरीरका विभिन्न अङ्गले काम गर्न छोड़ेका कारण उनलाई भेन्टिलेटरमा राखिएको थियो।

दुई दिनअघि राज्यको स्वास्थ्य विभागका अतिरिक्त निर्देशक (इक्वुपमेन्ट एन्ड स्टोर) डा. बिप्लव कान्ति दासगुप्ताको कोरोना भाइरसका कारण मृत्यु भएको थियो।

जानकारीका अनुसार अहिलेसम्म राज्यका ६० भन्दा अधिक स्वास्थ्यकर्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन्, जसमध्ये धेरैजना निको भइसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here