तृणमूलका तीन विधायकसहित धेरै नगरपार्षद् भाजपामा आज सामेल हुने सम्भावना

0
1300
शुभ्रान्शु राय (फाइल फोटो)।

नयाँदिल्ली/कोलकाता, 28 मई : लोकसभा चुनाउपछि तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीको टेन्सन दिनप्रतिदिन बढ़्न शुरु गरेको छ। लोकसभा चुनाउमा अप्रत्याशित परिणामपछि भाजपाको जनाधार अझ बाक्लिन थालेको छ।

पछिल्ला केही दिनयता तृणमूललगायत अन्य पार्टी त्यागेर भाजपामा सामेल हुने कार्यकर्ताहरूको सङ्ख्या बाक्लो छ। यसैबीच तृणमूल कङ्ग्रेसका तीन विधायकसहित धेरै नगरपार्षद् भाजपामा सामेल हुने चर्चा चुलिएको छ। भाजपामा सामेल हुने भनिएको पार्षद्हरूको सङ्ख्या 55 रहेको सूत्रले बताएको छ।

मुकुल रायका छोरा शुभ्रान्शु रायको नेतृत्वमा तीन विधायक भाजपामा सामेल हुन दिल्ली प्रस्थान गरिसकेको बताइएको छ। शुभ्रान्शुसँग ब्यारेकपुरका विधायक शीलभद्र दत्ता र नोआपाराका विधायक सुनिल सिंह छन्।

शुभ्रान्शुलाई केही दिनअघि तृणमूल कङ्ग्रेसले 6 वर्षका लागि पार्टीबाट निष्कासित गरिएको थियो। आफ्ना पिता एवं भाजपा नेता मुकुल रायको प्रशंसा गरेको आरोपमा तृणमूलले शुभ्रान्शुलाई अनुशासनात्मक कारबाही गरेको हो।

ममताविरुद्ध भाजपाको आक्रामक रणनीति एवं मुकुल रायको साङ्गठनिक विस्तारको कौशलले अहिले तृणमूल कङ्ग्रेस बिस्तारै चेप्टिँदै चेप्टिँदै जाँदैछ। मुकुल राय आफ्ना नजिकमा रहेका तृणमूल कङ्ग्रेसका नेताहरूलाई भाजपामा तान्न सक्रिय देखिएका छन्।

उल्लेखनीय छ, बिस्तारै कमजोर बन्दै गइरहेको तृणमूल सरकार 2021 अघि नै अल्पमतमा पर्ने भाजपा नेता मुकुल रायलगायत अन्यले दाबी गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here