लोकसभा र विधानसभामा हारसँगै विन्यपन्थी मोर्चाको अस्तित्व शेष : शरण लामा

0
1762
चुङथुङमा सम्पन्न विमलपन्थी गोजमुमोको सभा।

दार्जीलिङ, 28 मई : सोमबार चुङथुङ मारेबुङ-तामसाङ समष्टिअन्तर्गत लिङ्गे चियाबारीस्थित सार्वजनिक भवनमा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाको एउटा महत्त्वपूर्ण सभ  शरण लामाको अध्यक्षतामा सम्पन्न भयो।

सभामा पार्टी विस्तार गर्ने विषयलाई लिएर व्यापक चर्चा-परिचर्चा गरियो। शरण लामाले आउँदो 1 जूनदेखि समष्टिका प्रत्येक शाखामा सभा आयोजन गरी पार्टी विस्तारको कार्यक्रमलाई अघि बढ़ाउने तथा साङ्गठनिक दह्रोपनका लागि कार्य गर्ने कुरामा जोड़ दिए।

आफ्नो सम्बोधनमा उनले पछिल्लो लोकसभाको चुनाउ र विधानसभा उपचुनाउमा लज्जास्पद हारसँगै विनय खेमाको अस्तित्व पनि शेष भइसकेको दाबी गरे। ‘‘मान्छेहरूलाई विभिन्न प्रकारका यातना दिएर तथा धमास धम्की देखाएर जुन तानाशाही शासन व्यवस्था विनय तामाङहरूले लागू गरिरहेका थिए, त्यसको जवाब जनताले दिइसकेका छन्’’, लामाले थपे, ‘‘यो लाज्जास्पद हारसँग विनयहरूलाई राजनीति गर्ने नैतिक अधिकारी छैन।’’

उनले पार्टी अध्यक्ष विमल गुरुङको नीति र धैर्यताको जीत भएको बताउँदै अब समष्टिमा फेरि प्रत्येक शाखाहरू पुनर्गठन गर्ने र पार्टीलाई पहिलाभन्दा पनि बलियो बनाएर लैजाने दिशामा काम गर्ने योजना खुलाए।

शरण लामाले खुलाएको योजनाका अनुसार आउँदो 1 देखि 12 जूनसम्म समष्टिभरि शाखा विस्तारको कार्यलाई निरन्तरता चल्नेछ। उनले सबैलाई समेटेर अघि बढ्नुपर्ने तथा पार्टी अध्यक्ष विमल गुरुङको हातलाई बलियो पार्नुपर्ने बताउँदै अध्यक्ष गुरुङ नै गोर्खा जातिको हितमा काम गर्ने एकमात्र विश्वासी नेता रहेको कुरा ठोकुवा गरे।

‘‘हामीले अब मान्छे चिनेर राजनीति गर्नुपर्छ, जसले पनि दु:खको समय पार्टीलाई साथ दिएका छन्, उनीहरूको कदर गर्नुपर्छ र प्रत्येक शाखा प्रशाखाहरूको भावनालाई बुझेर अनुशासनबद्ध भएर काम गर्नुपर्छ’’, लामाले भने।

उनले थप भने, ‘‘पहिलाजस्तो मनपरी गर्नुहुँदैन। पार्टीको नियम तथा अनुशासनअनुसार सबैलाई काम गर्ने बनाउनुपर्छ। लामाले अबउसो नयाँ सोच लिएर साङ्गठनिक कामकुरोहरू गर्नुपर्ने पनि आफ्नो सम्बोधनमा बताए।

आजको सभामा समष्टिभित्रका प्रत्येक शाखाबाट साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने सभालाई राजकुमार राई, गोबिन गुरुङ, सर्जु छेत्री आदिले सम्बोधन गरेका थिए।

विधान राईद्वारा सञ्चालित उक्त सभामा सङ्गठन विस्तार गर्ने तथा ट्रेड युनियन, युवा मोर्चा, नारी मोर्चा आदिलाई पनि सक्रिय बनाएर लैजाने निर्णयलाई सर्वसम्मतिद्वारा पारित गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here