ममतालाई ठूलो झट्का : भाटपारा नगरनिगम भाजपाको कब्जामा

0
1998
अमित शाह र ममता ब्यानर्जी।

कोलकाता, 28 मई : पश्चिम बङ्गालको भाटपारा नगरनिगममा तृणमूल कङ्ग्रेसलाई ठूलो झट्का लागेको छ। भाजपाले तृणमूल कङ्ग्रेसबाट भाटपारा नगरनिगम खोसेको छ। मङ्गलबार यो नगरनिगमका 8 जना तृणमूल कङ्ग्रेसका पार्षद् भाजपामा सामेल भए, जसको फलस्वरूप 34 सीटको नगरनिगममा अब भाजपाले सत्ता कब्जा गरेको छ।

भाटपारा नगरनिगममा कुल 34 पार्षद् छन्, जसमा भाजपाका अघिबाटै 11 जना पार्षद् थिए। मङ्गलबार तृणमूल कङ्ग्रेसका 8 पार्षद् भाजपामा सामेल भएपछि  भाजपाका पार्षद्हरूको सङ्ख्या बढ़ेर 19 पुगेको छ। यसैले 34 पार्षद् रहेको यो नगरनिगममा अब भाजपा शासक दल भएको छ। 19 भाजपा पार्षद्ले आफ्नो पत्र नगर निगममा जमा गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here