पैह्रोले सङ्कटमा जङ्गुः जोखिममा मानिसहरूका जीवन (फोटो फिचरसहित)

0
1651

गान्तोक, २८ जूनः पछिल्ला केही दिनयता लगातार परिरहेको पानीका कारण उत्तर जिल्लाको जङ्गु सङ्कटमा परेको छ।

ठाउँ ठाउँमा गएका ठूल्ठूला पैह्रोले क्षेत्रका मानिसहरूअघि ठूलो विपद खड़ा भएको छ।

यसैबीच अप्पर जङ्गुको पासिङडाङमा गएको हिलोसरीको पैह्रोले धेरै घरलाई क्षति पुऱ्याउनका साथै धेरैलाई जोखिममा पुऱ्याएको छ, जसका कारण स्थानीय मानिसहरूअघि ठूलो सङ्कट आइपरेको छ।

जानकारीका अनुसार क्षेत्रमा अविरल पानी परिरहेकाले मानिसहरूमाथि थप समस्या आइपर्ने आशङ्का गरिएको छ।

उल्लेखनीय छ, हिजो पूर्व सिक्किमको आँपडाँड़ास्थित एनएचपीसी चरण-५ को डाममा गएको पैह्रोका कारण उत्तर सिक्किमको लुम गाउँको यातायात सम्पर्क उत्तरका अन्य गाउँहरूसँग चुँड़िएको छ।

स्मरण रहोस्, उत्तर सिक्किमको जङ्गुवासीले प्रतिवर्ष बर्खे मौसममा यस प्रकारको प्राकृतिक आपदाको सामना गर्दै आइरहेका छन्। उनीहरूका जीवन बर्खा याममा अत्यन्त कष्टकर र जोखिमपूर्ण हुनेगर्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here