जीटीएको आन्तरिक वित्तीय अडिट भइसकेको छः ममता

1
1106

कोलकाता, 28 जूनः जीटीएको आन्तरिक वित्तीय अडिट भइसकेको राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले बताएकी छन्।

राज्यपाल जगदीप धनखड़ले ‘पहाड़का विभिन्न राजनीतिक दल र जनप्रतिनिधिहरूले आफूसमक्ष राखेका मागलाई’ उद्धृत जीटीएमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउनका साथै आफ्नो कानुनी अधिकार र क्षमताअनुसार क्याग (सीएजी)-मार्फत् स्पेशल अडिट गराउने बताएका थिए।

राज्यपालको यसै बयान सन्दर्भमा आज एक पत्रकारले सोधेको प्रश्नको जवाबमा ममताले जीटीएको आन्तरिक वित्तीय अडिट भइसकेको बताएकी हुन्।

मुख्यमन्त्रीले राज्य सचिवालय नवान्नमा पत्रकारहरूलाई सम्बोधन गरिरहेकी थिइन्।

उनले राज्यपालमाथि उल्टै कटाक्ष गर्दै भनिन्, “गवर्नर हाउस के भएको छ,  को को मानिसहरू नियमित गइरहेका छन्, पहिला त्यसको जाँच हुनु उचित छ। जीटीएको आन्तरिक वित्तीय अडिट त भइसकेको छ।”

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here